सिञ्जाको धार्मिक तथा पर्यटकीयस्थल केदारनाथ ओझेलमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०८०
|
|
४१ पटक हेरिएको
Shares
सिञ्जाको धार्मिक तथा पर्यटकीयस्थल केदारनाथ ओझेलमा

सारांश

  • जुम्ला ।
  • स्थानीय सिञ्जा गाउँपालिकास्थित प्रसिद्ध मन्दिर केदारनाथलगायत थुप्रै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका स्थल प्रचारप्रसार र पूर्वाधार निर्माणको अभावमा ओझेलमा परेका छन् ।
  • समुद्री सतहदेखि करिव तीन हजार ५०० मिटर उचाइमा केदारनाथ मन्दिर छ ।

जुम्ला । स्थानीय सिञ्जा गाउँपालिकास्थित प्रसिद्ध मन्दिर केदारनाथलगायत थुप्रै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका स्थल प्रचारप्रसार र पूर्वाधार निर्माणको अभावमा ओझेलमा परेका छन् । समुद्री सतहदेखि करिव तीन हजार ५०० मिटर उचाइमा केदारनाथ मन्दिर छ ।

यस धार्मिक क्षेत्रमा केदारनाथको मूल कुण्डभित्र चडाइएका सयौंँ वर्ष पुराना तामा, पित्तल र चाँदीका सिक्काको थुप्रो र हजारौँं वर्ष पुरानो मनिएको धातुजडित उत्कृष्ट कालीगढीका गौमुख भएका नुहाउने धारा थिए । स्थानीय बासिन्दाका अनुसार सबै सशस्त्र द्वन्द्वकालमा हरायो ।

यो मन्दिर भारतका चार धामभन्दा पनि पुरानो भएको मानिन्छ । अहिले केदारनाथ मन्दिरमा पुरानै आकारमा गौमुख धारा बनाएका छन् । काठबाट बनेका गाईका तस्वीर छन् । ढुङ्गा कुँदेर बनाएका मूर्ति पनि राखिएका छन् । जिल्लाकै सबैभन्दा आकर्षण मानिएको पवित्र तीर्थस्थल केदारनाथलाई आन्तरिक तथा बाह्य पर्यटकीय क्षेत्रसँग जोड्न पहिलो पटक गाउँपालिकाले सम्भाव्यता अध्ययनदेखि केदारनाथको महत्व र यसको परिचानबारे सम्मेलनसमेत गरेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।

मन्दिर नजिकैको पहराबाट निस्किएको पानीको मूल यस मन्दिरको थप आकर्षक बनेको छ । सानो पानीको कुण्डले यहाँ आउने जो कोहीको पनि मन लोभ्याउने गरेको छ । साउन पूणिमाको एकादशीको दिनमा ठूलो मेला लाग्ने भएकाले पूजाका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँबाट यहाँ आउने गरेका छन् । यस क्षेत्रमा पर्यटन क्षेत्र विकास र पूर्वाधार निर्माणको लागि काम सुरु गरिएको जानकारी दिँदै अध्यक्ष धितालले केदारनाथसम्म सडक निर्माण भैसकेको र अब प्रचारप्रसारका लागि आवश्यक बजेटको व्यवस्था गरिने बताए ।

केदारनाथलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न पदमार्ग निर्माण गर्न सकिने वडा नं ४ का अध्यक्ष धनजीत बुढाले जोड दिए । भाकल गरिएको कुरा पुग्ने विश्वासका साथ अहिले यहाँ पूजा गर्न र अवलोकनका लागि सुर्खेत, कालीकोट, अछाम, मुगु र बाजुरालगायत स्थानबाट धार्मिक पर्यटक आउन थालेकोे स्थानीयवासी धनबहादुर बुढाले बताए ।

यस धार्मिक स्थललाई स्वदेश तथा विदेशमा चिनाउनका लागि प्रचारप्रसार गर्न र नेपालकै प्रमुख पर्यटकीय केन्द्रको रूपमा विकास गराउनसके सिञ्जा क्षेत्रको विकासमा टेवा पुग्ने सुर्खेतको चौकुने गाउँपालिकाबाट आउनुभएका बुद्ध रोकायाको भनाइ थियो ।

(https://ctlsites.uga.edu)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्पको रंगभेदी अभिव्यक्तिको अमेरिकी संसदद्वारा निन्दा
ट्रम्पको रंगभेदी अभिव्यक्तिको अमेरिकी संसदद्वारा निन्दा
खाने तेलको मूल्य घट्न थाल्यो, एक सातामा प्रतिलिटर ८० रुपैयाँसम्म घट्यो
खाने तेलको मूल्य घट्न थाल्यो, एक सातामा प्रतिलिटर ८० रुपैयाँसम्म घट्यो
प्रधानमन्त्री पद धरापमा परेपछि वामदेवलाई फकाउन ओलीको नयाँ प्रस्ताव
प्रधानमन्त्री पद धरापमा परेपछि वामदेवलाई फकाउन ओलीको नयाँ प्रस्ताव
रेशम चौधरीको यसरी साङ्लोले बाँधेर उपचार हुँदैछ
रेशम चौधरीको यसरी साङ्लोले बाँधेर उपचार हुँदैछ
शानदार एक्सन र दमदार एनिमेसनले भरिएको प्रभासको ‘साहो’ टीजर रिलिज
शानदार एक्सन र दमदार एनिमेसनले भरिएको प्रभासको ‘साहो’ टीजर रिलिज
धर्म, भाषा र संस्कृति संरक्षणका लागि संस्कृत शिक्षा आवश्यक
धर्म, भाषा र संस्कृति संरक्षणका लागि संस्कृत शिक्षा आवश्यक
कोर मधेस’का मतदाता भन्छन् – यहाँ कि एमाले छ कि कांग्रेस
कोर मधेस’का मतदाता भन्छन् – यहाँ कि एमाले छ कि कांग्रेस
११ ठाउँको मतपरिणाम आउन बाँकी, कहाँ के भैरहेको छ ?
निर्वाचनका प्रचारप्रसार सामग्री हटाउन निर्देशन
निर्वाचनका प्रचारप्रसार सामग्री हटाउन निर्देशन
ट्यालेन्ट हन्टबाट भैरहवा ग्लाडियटर्सले अनिल र कुशललाई भित्र्यायो
ट्यालेन्ट हन्टबाट भैरहवा ग्लाडियटर्सले अनिल र कुशललाई भित्र्यायो