निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी कुनै कानुन बनाउँदैनौँ : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ८, २०८०
|
|
३९ पटक हेरिएको
Shares
निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी कुनै कानुन बनाउँदैनौँ  : प्रधानमन्त्री

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई नियन्त्रण वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्ने गरी कुनै कानुन नबनाइने बताएका छन् ।
  • नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीसँग आज बालुवाटारमा भेट गर्दै उनले अर्थतन्त्रमा सङ्कट आएका बेला निजी क्षेत्र सङ्कुचित हुने वा नकारात्मक प्रभाव पर्नेगरी कुनै पनि कानुन नबनाइने बताए ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई नियन्त्रण वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्ने गरी कुनै कानुन नबनाइने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीसँग आज बालुवाटारमा भेट गर्दै उनले अर्थतन्त्रमा सङ्कट आएका बेला निजी क्षेत्र सङ्कुचित हुने वा नकारात्मक प्रभाव पर्नेगरी कुनै पनि कानुन नबनाइने बताए ।

“हाम्रो संविधानले निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने व्यवस्था गरेको छ । अर्थतन्त्र सङ्कटमुक्त भइसकेको छैन । यस्तो परिस्थिति सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य र एकअर्काको हितलाई सम्बोधन गरेर मात्र अर्थतन्त्रका चुनौती छिचोल्न सकिन्छ”, उनले भने,“निजी क्षेत्रलाई बेवास्ता गरेर वा नियन्त्रण गरेर राष्ट्रिय चुनौती सम्बोधन गर्न सकिँदैन भन्नेमा म एकदमै स्पष्ट छु । निजी क्षेत्रलाई बन्देज लगाउने वा नकारात्मक प्रभाव पार्नेगरी कुनै पनि कानुन बनाउँदैनौँ ।”

निजी क्षेत्रलाई समेत राज्यको मर्यादाक्रममा समावेश गर्नेगरी सरकारले छलफल अगाडि बढाएको प्रधानमन्त्रीले स्पष्ट पारे । उनले भने, “मैले तपाईँहरूको साधारणसभामा नै भनिसकेको छु निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समेटिन्छ । निजी क्षेत्रलाई मर्यादाक्रममा समेट्न कुनै अप्ठ्यारो छैन । मर्यादाक्रम निर्धारण कसरी गर्ने भन्ने विषयमा मात्र हाम्रो ध्यान छ ।”

प्रधानमन्त्री दाहालले भर्खरै सम्पन्न साधारणसभाबाट कुशल नेतृत्व आएको र नयाँ कार्यसमितिले अर्थतन्त्रका चुनौती सम्बोधन गर्न सरकारसँग बलियो सहकार्य गर्ने विश्वाससमेत व्यक्त गरे । “तपाईंहरूले राम्रो नेतृत्व छान्नुभएको छ । नयाँ नेतृत्वले सरकार र अन्य क्षेत्रसँग बलियो सहकार्य गर्नेछ । हामी सबै मिलेर अर्थतन्त्रका चुनौती छिचोल्दै सुशासन र समृद्धिको लक्ष्य हासिल गर्नेछौँ”, प्रधानमन्त्रीले भने।

भेटमा महासङ्घका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई समेत अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दायराभित्र राख्ने गरी विधेयकको प्रक्रिया अगाडि बढेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । महासङ्घले निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समावेश गर्न, नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सरलीकृत गर्न, पुँजीगत खर्च बढाउनका लागि नीतिगत र संरचनागत सुधार ल्याउन, राष्ट्रिय उद्योग र निर्यात प्रवद्र्धनमा जोड दिने नीति ल्याउन र निजी क्षेत्रसँगको सहकार्यका आधारमा अर्थतन्त्रका चुनौती सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिबाट फिर्ता भएको दुई सातासम्म पनि सभामुखको बेवास्ताले विधेयक अलपत्र
राष्ट्रपतिबाट फिर्ता भएको दुई सातासम्म पनि सभामुखको बेवास्ताले विधेयक अलपत्र
पर्सामा सात हजार करदाता थपिए
पर्सामा सात हजार करदाता थपिए
माधव नेपाल प्रदिप नेपालको घरमा, के के कुरा भयो ?
माधव नेपाल प्रदिप नेपालको घरमा, के के कुरा भयो ?
नयाँ मर्यादाक्रममा राष्ट्रपति पहिलो र उपराष्ट्रपति दोस्रो स्थानमा, अरु कुन कति स्थानमा ?
नयाँ मर्यादाक्रममा राष्ट्रपति पहिलो र उपराष्ट्रपति दोस्रो स्थानमा, अरु कुन कति स्थानमा ?
टिकाकाे साइत कति बजे छ ?
टिकाकाे साइत कति बजे छ ?
सत्ता गठबन्धनबाट जनमोर्चा बाहिरियो, अब एमसीसीको विरोधमा आन्दोलन गर्ने
सत्ता गठबन्धनबाट जनमोर्चा बाहिरियो, अब एमसीसीको विरोधमा आन्दोलन गर्ने
निर्मला हत्या प्रकरण : आइजिपी खनाल पुगेर भने ‘हत्यारा जतिसुकै शक्तिशाली भए पनि छाडिन्न’
निर्मला हत्या प्रकरण : आइजिपी खनाल पुगेर भने ‘हत्यारा जतिसुकै शक्तिशाली भए पनि छाडिन्न’
आफ्नो पार्टी विजयी भएको पूर्वक्रिकेटर इमरानको दाबी, भावी प्रधानमन्त्रीको रुपमा उनकै चर्चामा
आफ्नो पार्टी विजयी भएको पूर्वक्रिकेटर इमरानको दाबी, भावी प्रधानमन्त्रीको रुपमा उनकै चर्चामा
प्राकृतिक चिकित्सा पद्धतिले स्वस्थ नागरिक निर्माणमा सहयोग गरेको छः सभामुख
प्राकृतिक चिकित्सा पद्धतिले स्वस्थ नागरिक निर्माणमा सहयोग गरेको छः सभामुख
राईड टु कोशीटप्पु साईकल यात्रा सम्पन्न……
राईड टु कोशीटप्पु साईकल यात्रा सम्पन्न……