गर्मीमा देखिन्छन् यस्ता समस्याहरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २८, २०८०
|
|
२९ पटक हेरिएको
Shares
गर्मीमा देखिन्छन् यस्ता समस्याहरु

सारांश

  • काठमाडौंं ।
  • गर्मीमा हाम्रो शरीरले विभिन्न समस्याको सामना गरिरहेको हुन्छ ।
  • चर्को घामले शरीर आलश्य हुनुका साथै कमजोर पनि बनाउँछ ।

काठमाडौंं । गर्मीमा हाम्रो शरीरले विभिन्न समस्याको सामना गरिरहेको हुन्छ । चर्को घामले शरीर आलश्य हुनुका साथै कमजोर पनि बनाउँछ । अझ कामको सिलसिलामा घरबाट बाहिर निस्कनु पर्ने व्यक्तिलाई घामबाट बच्न गाह्रो पर्छ ।

कडा घामले शरीरको बाहिरी अंगलाई मात्र नभई भित्री अंगलाई पनि हानि पु-याउँछ । गर्मीमा अधिक देखिने समस्यामध्ये डिहाइड्रेसन एक हो । यसले शरीरमा पानीको मात्रालाई कम गर्छ र शरीर शिथिल बनाइदिन्छ । गर्मीमा यसबाट बच्न प्रशस्त्र पानी पिउनुपर्छ ।

यस्तै, गर्मीमा धेरै देखिने अर्को समस्या चक्कर लाग्नु हो । चर्को घामका कारण व्यक्तिलाई चक्कर लाग्ने हुन्छ । नाकबाट रगत बग्ने समस्या पनि गर्मीमा बढेर जान्छ । यो एक प्रकारको रगतको विकार हो, जुन प्रायः गर्मीको समयमा देखिन्छ ।

र्मीमा तातो र सुख्खा हावा चल्ने हुँदा नाकबाट रगत बग्छ । यसबाहेक चर्को घाममा लामो समय बस्दा पनि नाकबाट रगत बग्ने समस्या हुन्छ ।

गर्मीमा छालासम्बन्धी समस्या पनि अत्यधिक निम्तिने गर्छ । धेरै बेर घामको प्रत्यक्ष सम्पर्कमा हुँदा छालाको क्यान्सर हुने जोखिम गर्मीमा उच्च हुन्छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?