उद्धार गरिएका पुष्पा र अञ्जलीलाई प्रकृतिमा छाडियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०८०
|
|
२९ पटक हेरिएको
Shares
उद्धार गरिएका पुष्पा र अञ्जलीलाई प्रकृतिमा छाडियो

सारांश

  • चितवन ।
  • चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैँडाका बच्चा (केटो)लाई प्रकृतिमा छाडिएको छ ।
  • राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पालिएका ती गैँडालाई निकुञ्जको लामिताल क्षेत्रमा छोडिएको हो ।

चितवन । चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैँडाका बच्चा (केटो)लाई प्रकृतिमा छाडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पालिएका ती गैँडालाई निकुञ्जको लामिताल क्षेत्रमा छोडिएको हो ।

निकुञ्जका पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार डार्ट नगरिकनै ट्रकमा राखेर ती दुई गैँडालाई तामिताल पुर्याएर छाडिएको छ । निकुञ्जमा आमाबाट छुटेको अवस्थामा भेटिएका पुष्पा र अञ्जली नामका ती दुई बच्चालाई निकुञ्जकै नवलपरासी क्षेत्रबाट उद्धार गरी ल्याइएको थियो ।

श्रेष्ठका अनुसार पुष्पालाई सन् २०२० को जनवरीमा नवलपरासीको तमासपुर र अञ्जलीलाई २०२१ को अप्रिलमा नवलपरासीकै कुजौलीबाट उद्धार गरिएको थियो । एक दुई महिनाको उमेरमा आमाबाट छुटेका उनीहरुलाई हुर्काएपछि प्राकृतिकरुपमा छाडिएको उनले बताए ।

पुष्पा र अञ्जलीलाई यतिबेला प्राकृतिकरुपमा घाँस खोजेर खानसक्ने भएका छन् । उद्धार गरी हुर्काइएका कतिपय जङ्गली जनावर मित्रराष्ट्रलाई दिने, कतिपयलाई चिडियाघरमा त कतिपयलाई प्राकृतिमा राख्ने गरिँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लगातार छैटौं खेलमा हारेपछि विराट कोहलीले के भने ?
लगातार छैटौं खेलमा हारेपछि विराट कोहलीले के भने ?
एउटा मान्छेले केही भन्दैमा शेयरबजारको समस्या समाधान हुँदैन, सिस्टम सुधार गर्नुपर्छ : शर्मा
एउटा मान्छेले केही भन्दैमा शेयरबजारको समस्या समाधान हुँदैन, सिस्टम सुधार गर्नुपर्छ : शर्मा
इजाजत बिना सवारी साधान चलाउनेमाथि यातायात व्यवस्था कार्यालयको निगरानी
इजाजत बिना सवारी साधान चलाउनेमाथि यातायात व्यवस्था कार्यालयको निगरानी
अब गफको भरमा मात्र देश बिकाश हुँदैन: मन्त्री दुलाल
अब गफको भरमा मात्र देश बिकाश हुँदैन: मन्त्री दुलाल
टेन्डर विवादमा आफ्नै अफिसभित्र लेखापाल कुटिए
टेन्डर विवादमा आफ्नै अफिसभित्र लेखापाल कुटिए
हवाई मैदानमा  कमैयाले पक्की घर निर्माण गर्दै  ।
हवाई मैदानमा कमैयाले पक्की घर निर्माण गर्दै ।
संविधान संशाेधन गरेर दुईवटा प्रधानमन्त्री राख्नुसः काङ्ग्रेस सांसद भरतकुमार शाह !
संविधान संशाेधन गरेर दुईवटा प्रधानमन्त्री राख्नुसः काङ्ग्रेस सांसद भरतकुमार शाह !
आज १ सय २५ संक्रमित थप, ९१ जना डिस्चार्ज
बाल सुधार गृह घटनाको अपडेट : १९ सुरक्षाकर्मी र १० बालबन्दी घाइते
बाल सुधार गृह घटनाको अपडेट : १९ सुरक्षाकर्मी र १० बालबन्दी घाइते
ओली र दाहालले गरेकाे अनुराेध अस्विकार गरे नारायणकाजीले
ओली र दाहालले गरेकाे अनुराेध अस्विकार गरे नारायणकाजीले

तपाईंले छुटाउनुभयो कि?