मधेस प्रदेश सरकारमा जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ९, २०८०
|
|
२३ पटक हेरिएको
Shares
मधेस प्रदेश सरकारमा जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन

सारांश

  • जनकपुरधाम ।
  • मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सहभागी भएपछि मन्त्रिहरुको जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।
  • मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले मन्त्रीहरूको जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सहभागी भएपछि मन्त्रिहरुको जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले मन्त्रीहरूको जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । पुनर्गठित मन्त्रिपरिषद्मा मुख्यमन्त्री यादवलाई गृह, सञ्चार तथा कानुन, वन तथा वातावरण र श्रम तथा यातायात मन्त्रीको समेत जिम्मेवारी दिइएको छ ।

त्यसैगरी कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, सञ्जयकुमार यादव अर्थ मन्त्रालय, महेशप्रसाद यादव शिक्षा तथा समाज कल्याण मन्त्रालय, गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बसन्तकुमार कुसवाहा मन्त्री विनाविभागीय, सुरिताकुमारी साह मन्त्री विनाविभागीय, वीरेन्द्रप्रसाद सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सिंगासन सा कलवार ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, सुनिता यादवलाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै शेख अबुल कलाम आजाद र सञ्जयकुमार यादवलाई विनाविभागीय राज्यमन्त्रीका रुपमा र रहबर अन्सारीलाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच मुख्यमन्त्री सरोजकुमार यादवले केन्द्रीय सत्ता गठबन्धनका सबै दलहरुसँग छलफल जारी रहेकाले नमिलेका कुराहरु मिलाएर एक हप्ताभित्र सरकारले पूर्णता पाउने बताए ।

शपथग्रहणपछि सञ्चारकर्मीसँग मुख्यमन्त्री यादवले सत्ता गठबन्धनका शीर्ष नेताबीचको सहमतिअनुसार हाल कांग्रेस र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराइएको, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र विनाविभागीय मन्त्रीहरुको जिम्मेवारीका विषयमा सबै दलसँगको छलफलपछि टुंगोमा पुगिने जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?