र्‍याप गीत ‘सीमाना’ बजारमा (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १८, २०७६
|
|
५४ पटक हेरिएको
Shares
र्‍याप गीत ‘सीमाना’ बजारमा (भिडियोसहित)

सारांश

  • काठमाडौँ ।
  • भारतले सीमाना मिचेको भन्दै विरोध भइरहेको बेला र्‍यापर/गायक सुशील क्षत्रीले ‘सीमाना’ नामको गीत बजारमा ल्याएका छन् ।
  • सीमाना गीतको भिडियोमा गायक क्षत्री आफैको अभिनय रहेको छ ।

काठमाडौँ । भारतले सीमाना मिचेको भन्दै विरोध भइरहेको बेला र्‍यापर/गायक सुशील क्षत्रीले ‘सीमाना’ नामको गीत बजारमा ल्याएका छन् ।

सीमाना गीतको भिडियोमा गायक क्षत्री आफैको अभिनय रहेको छ । यस्तै भिडियोको निर्देशन रन्जित कुमार श्रेष्ठले गरेका हुन् ।

भिडियो आकाश ढकालले खिचेका हुन् भने प्रोडक्सन म्यानेजर विकल लामिछाने र मनिष थापाले गरेका छन् । भिडियो चितवनमा खिचिएको छ ।

‘र्‍याप सङ्गीतभित्रको एउटा रुचाइएको विधा हो’, र्यापर क्षत्रीले भने, ‘र्‍याप युवा पुस्तालाई पनि भाषागत ज्ञानको राम्रो माध्यम बनेको छ ।’

‘पहिले र्‍याप गीतहरु धेरैले बुझ्दैन थिए, अहिले हरेक उमेरसमुह माझ र्‍याप गुञ्जिने वातावरण बनेको छ’, आकाश ढकालले भने, ‘हरेक मेला–महोत्सवमा युवा पिँढीले अहिले र्‍याप मिसिएको गीत खुबै मन पराएका छन् ।’

केही दिनअघि सार्वजनिक भएको गीतलाई स्टोरी फार्म युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?