आज सुनको मुल्य स्थिर, चाँदीको मुल्यमा बृद्धि
सारांश
- आज नेपाली बजारमा सुनको मुल्य स्थिर छ ।
- बिहीबार १ सय रुपैयाँले सुनको मुल्य घटेर ९२ हजार रुपैयाँ कारोबार भएको थियो ।
- आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज नेपाली बजारमा सुनको मुल्य स्थिर छ । बिहीबार १ सय रुपैयाँले सुनको मुल्य घटेर ९२ हजार रुपैयाँ कारोबार भएको थियो ।
आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मुल्य आज प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । तेजाबी सुन बिहीबार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मुल्य ४० रुपैयाँले आज बढेको छ । आज चाँदी तोलामा १२ सय ८५ रुपैयाँमा खरिद बिक्रि भईरहेको महासंघले जनाएको छ । चाँदी तोलामा बिहीबार १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया