बर्खा लाग्न थालेपछि हुल्दीवासीलाई ज्यान जोगाउने चिन्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ११, २०८०
|
|
२६ पटक हेरिएको
Shares
बर्खा लाग्न थालेपछि हुल्दीवासीलाई ज्यान जोगाउने चिन्ता

सारांश

  • ढोरपाटन ।
  • जताततै पहिरो ।
  • पहिरोका बीचमा माटो, ढुङ्गा र काठले बनेका घर ।

ढोरपाटन । जताततै पहिरो । पहिरोका बीचमा माटो, ढुङ्गा र काठले बनेका घर । जब बर्खा सुरु हुन्छ । यी घर रित्तिन थाल्छन् । हिउँदमा घरमा मान्छे बस्ने भए पनि बर्खामा पहिरोका डरले घर छाड्ने क्रम बढ्छ ।

निसीखोला गाउँपालिका–१ हुल्दी गाउँमा साना तथा ठूलो पहिरो वर्षौँदेखि गइरहनछन् । पहिरोकै कारण वर्षै जसो मानवीय र भौतिक क्षति भइरहेको हुन्छ । बर्खा सुरु भएसँगै ज्यान र सम्पत्ति जोगाउन गाउँलेहरु गाउँमाथिको दह जङ्गलतर्फ लाग्छन् ।

गाउँका करिब एक सय ५० घर परिवार छन् । यी सबै घरमा पहिरोको जोखिम छ । भूगर्भविदले गाउँ बस्नका लागि जोखिमपूर्ण भएको भने पनि स्थानीयहरु अन्यत्र बसाइसराइँ गर्न सकेका छैनन । बरु जोखिमपूर्ण अवस्थामै गाउँमै बस्न बाध्य छन् ।

हुल्दी गाउँसँगै निसीखोलाको देवीस्थान, खारा बजार, खाडु बजार, धाराखर्क खग्रेनी, काँडा कटेनी र बाहुन गाउँको हालत पनि उस्तै छ । पहिरोका कारण घरमा चिरा परेका छन् । स्थानीयहरु चिरा परेका घर टालटुल गरी बसिरहेका छन् । निसीखोला गाउँपालिका जिल्लाकै सबैभन्दा बढी पहिरो प्रभावित स्थानीयमा पर्छ ।

पालिकामा दुई सय ८२ घरपरिवार पहिरोले विस्थापित भइसकेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । ती घरहमध्ये दुई सय ६० घर स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेको उहाँको भनाइ छ । गाउँपालिका–१ को देवीस्थान खारा बजारका ४१ घर, हुल्दी गाउँका एक सय घर, वडा नं २ खाडुका ११ घर, वडा नं २ कै काँडा, किटेनी र बाहुनगाउँका ६० घर, वडा नं ३ धाराखर्क खग्रेनीका ४८ घर स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको गाउँपालिकाको तथ्याङ्कमा छ । वडा नं ४ का तीन घर वडा नं ५ का आठ घर, वडा नं ६ का चार घर र वडा नं ७ मा सात वटा घर पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाले गौतमले बताए ।

यसवर्षको बर्खा सुरु भएपछि गाउँपालिकाले पहिरोबाट जोगिन सचेत गराइसकेको छ । पालिकाका विभिन्न स्थानमा पहिरोले भत्किएका ४४ घर बनिसकेको उहाँले जानकारी दिए । मौसमजन्य विपद् अन्तर्गत केन्द्र सरकारले दिएको रु चार लाखबाट पहिरो पीडितले घर बनाइसकेको गौतमको भनाइ छ । निसीखोला गाउँपालिका–१ हुल्दीका लालबहादुर सिञ्जालीले हुल्दीवासी वर्षौँदेखि पहिरोको डरमा बाँच्नु परेको बताए ।

ठूलो पानी प¥यो भने सबै सरसामान बोकेर दह जान बाध्य हुनुपर्ने उनको भनाइ छ । दह पुग्न हुल्दी गाउँदेखि एक घण्टा लाग्छ । त्यहाँ आफूहरु पाल टाँगेर बस्ने सिञ्जालीको भनाइ छ । आर्थिक अवस्था बलियो हुनेहरु बसाइँसराइ सरेर तराईतिर झरे पनि आफूहरु भने जोखिमपूर्ण अवस्थामै बस्नुपरेको उनको भनाइ छ ।

(Phen375)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपद् पहिचानको नक्सा बनाउँदै कामपा
विपद् पहिचानको नक्सा बनाउँदै कामपा
​जनमुक्ति सेनाको ४० लाख हाइड्रोपावरमा डुब्यो
​जनमुक्ति सेनाको ४० लाख हाइड्रोपावरमा डुब्यो
गुगल, फेसबुकसहित विश्वभरका १ हजार प्रतिनिधि काठमाडौमा !
गुगल, फेसबुकसहित विश्वभरका १ हजार प्रतिनिधि काठमाडौमा !
आर्थिक विधेयक तर्जुमामा अनधिकृत व्यक्तिको संलग्नता छैनः अर्थ मन्त्रालय
आर्थिक विधेयक तर्जुमामा अनधिकृत व्यक्तिको संलग्नता छैनः अर्थ मन्त्रालय
खोलाले बगाउँदा दाजु बहिनीको निधन
खोलाले बगाउँदा दाजु बहिनीको निधन
भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि आयोग गठन गर्न भट्टराईको भनाइ
भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि आयोग गठन गर्न भट्टराईको भनाइ
प्रधानमन्त्रीलाई टीकापुरमा मारिएका प्रनि बलराम विष्टकी छोरीको भावुक चिट्ठी
प्रधानमन्त्रीलाई टीकापुरमा मारिएका प्रनि बलराम विष्टकी छोरीको भावुक चिट्ठी
सडकमा उत्रिए ट्याक्सी चालक
सडकमा उत्रिए ट्याक्सी चालक
चीनकाे प्रतिष्ठित ‘सियान फ्रेण्डसिप अवार्ड’ नेपाली प्राध्यापक राजीवकुमार झालाई !
चीनकाे प्रतिष्ठित ‘सियान फ्रेण्डसिप अवार्ड’ नेपाली प्राध्यापक राजीवकुमार झालाई !
कांग्रेस अध्यक्ष देउवाको फेरिएको बयान, भन्छन् कांग्रेस अनुसन्धानको विपक्षमा उभिदैन
कांग्रेस अध्यक्ष देउवाको फेरिएको बयान, भन्छन् कांग्रेस अनुसन्धानको विपक्षमा उभिदैन

तपाईंले छुटाउनुभयो कि?