सडकमा उत्रिए ट्याक्सी चालक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १६, २०७७
|
|
२० पटक हेरिएको
Shares
सडकमा उत्रिए ट्याक्सी चालक

सारांश

  • काठमाडौं, १६ असार ।
  • लकडाउनमा सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्न नदिएपछि यातायात मजदुर समस्यामा परेका छन् ।
  • उनीहरुले तीन महिनायता काम ठप्प भई गाँसकै समस्या भएको भन्दै विरोध जनाएका छन् ।

काठमाडौं, १६ असार । लकडाउनमा सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्न नदिएपछि यातायात मजदुर समस्यामा परेका छन् । उनीहरुले तीन महिनायता काम ठप्प भई गाँसकै समस्या भएको भन्दै विरोध जनाएका छन् ।

आज ट्याक्सी चालकहरु विहानै सडकमा उत्रिएका छन् । उनीहरुले कि गाँस देऊ कि काम गर्न देऊ भन्दै सडकमा ट्याक्सी उतारेका छन् । सयौंको संख्यामा ट्याक्सी चालकहरु आज बबरमहलमा सवारी साधनसहित निस्किएका हुन् ।

अखिल नेपाल यातायात मजदुर संघ उपत्यका ट्याक्सी विशेष समिति र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले ट्याक्सी लगायत अन्य भाडाको सवारीहरुमा निरन्तर लगाइएको प्रतिबन्धको विरुद्धमा र तत्काल सार्वजनिक भाडाको ट्याक्सीलगायत साना मझौला सवारी संचालन गर्नका निमित्त खबरदारी तथा चावी हस्तान्तरण गरेको हो ।

लकडाउनमा रातो प्लेट सञ्चालन हुन दिने तर कालो प्लेट नदिने ? भन्दै यातायात मजदुरहरुले विरोध जनाएका हुन् । अत्यावश्यक सेवा समेत दिदै आएको र बेला बेलामा एम्बुलेन्सको पनि भुमिका निभाउँदै आएको ट्याक्सी सञ्चालनमा रोक लगाएकोमा असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?