बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १४, २०८०
|
|
२६ पटक हेरिएको
Shares
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

सारांश

  • काठमाडौँ ।
  • बागमती प्रदेशसभाको बैठक आज बस्दैछ ।
  • उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

काठमाडौँ । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न अपराह्न २ बजेका लागि प्रदेशसभा बैठक तय गरिएको हो । बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधनसहित प्रदेश सरकारले संसद्मा पेस गरेको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

प्रदेशसभामा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसद्मा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई छलफलका लागि टेबुल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । टेबुल भएको नीति तथा कार्यक्रममाथि आगामी प्रदेशसभा बैठकमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?