प्रदेश ५ का १२ जिल्लामा नेकपाकाे भागबण्डा मिल्याे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
३५ पटक हेरिएको
Shares
प्रदेश ५ का  १२ जिल्लामा  नेकपाकाे भागबण्डा मिल्याे

सारांश

  • काठमाडाै, ३१ साउन ।
  • एकताको तयारीमा रहेको नेकपाका पूर्व घटकहरु एमाले र माओवादी केन्द्रले प्रदेश ५ मा एकताका लागि भागबण्डा टुङ्ग्याएका छन्।
  • जस अनुसार पूर्व माओवादी केन्द्रको आधार क्षेत्र मानिने रोल्पा र रुकुम (पूर्वी भाग) को नेतृत्व माओवादी केन्द्रले नै पाउने भएको छ।

काठमाडाै, ३१ साउन । एकताको तयारीमा रहेको नेकपाका पूर्व घटकहरु एमाले र माओवादी केन्द्रले प्रदेश ५ मा एकताका लागि भागबण्डा टुङ्ग्याएका छन्। जस अनुसार पूर्व माओवादी केन्द्रको आधार क्षेत्र मानिने रोल्पा र रुकुम (पूर्वी भाग) को नेतृत्व माओवादी केन्द्रले नै पाउने भएको छ।

जस अनुसार १२ जिल्ला रहेको प्रदेश– ५ का ७ जिल्लाको नेतृत्व (अध्यक्ष) पूर्व एमालेको तर्फबाट हुनेछन् भने माओवादी केन्द्रले ५ जिल्लाको नेतृत्व पाउनेछ। एमालेले अध्यक्ष पाउने जिल्लाहरुमा रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान र दाङ छन्।

माओवादी केन्द्रले रुकुम (पूर्वी भाग) रोल्पा, बाँके, बर्दिया र नबलपरासी (बर्दघाट सुस्ता पश्चिम) को भाग पाउने भएको छ। यसैगरी प्रदेश ५ को प्रदेश कमिटीको आकार र भागबण्डा पनि दुबै पक्षले टुङ्ग्याएका छन्।

जस अनुसार प्रदेश ५ मा नेकपाको प्रदेश कमिटी २ सय ३ सदस्यीय हुनेछ, जहाँ पूर्व एमालेबाट १ सय ६ र पूर्व माओवादी केन्द्रबाट ९७ जना हुनेछन्। प्रदेश अध्यक्षका लागि पूर्व एमालेबाट दलबहादुर राना र सचिवका लागि पूर्व माओवादी केन्द्रबाट गणेशमान पुनको नाम सिफारिस भएको छ।

प्रदेश स्तरमा पार्टी एकताका लागि गठन गरिएको कार्यदलले बिहीबार महासचिव बिष्णु पौडेललाई बुझाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्यो : १० जनाको मृत्यु, १० जना घाइते
अमेरिकाको क्यालिफोर्नियामा गोली चल्यो : १० जनाको मृत्यु, १० जना घाइते
ओली सरकार ढाल्ने रणनीति बन्यो, प्रदेशबाट कम्पन आउँदै
ओली सरकार ढाल्ने रणनीति बन्यो, प्रदेशबाट कम्पन आउँदै
पाकिस्तानः तेल ट्यांकर पल्टिएर आगलागी, १२३ जनाको मृत्यु
पाकिस्तानः तेल ट्यांकर पल्टिएर आगलागी, १२३ जनाको मृत्यु
नेपाल–भारत सीमा ४८ घन्टाका लागि बन्द हुने
नेपाल–भारत सीमा ४८ घन्टाका लागि बन्द हुने
ओखलढुंगाको भदौरेमा वृद्ध दम्पतीको विभत्स हत्या
ओखलढुंगाको भदौरेमा वृद्ध दम्पतीको विभत्स हत्या
महिनाबारी भएकी महिला हिंडेको बाटो नहिंड्ने धामीझँक्री नै छाउगोठ भत्काउन थाले
महिनाबारी भएकी महिला हिंडेको बाटो नहिंड्ने धामीझँक्री नै छाउगोठ भत्काउन थाले
तोकिएको दररेटभन्दा बढी मुनाफा लिई बिक्री गरेको आरोपमा व्यापारी पक्राउ !
तोकिएको दररेटभन्दा बढी मुनाफा लिई बिक्री गरेको आरोपमा व्यापारी पक्राउ !
स्वास्थ्य मन्त्रालयका कर्मचारी:  हाजिर गर्ने अनि क्यान्टिन गएर चिया खाजा खाएर घर फर्किने
स्वास्थ्य मन्त्रालयका कर्मचारी: हाजिर गर्ने अनि क्यान्टिन गएर चिया खाजा खाएर घर फर्किने
संगीतकार आलोकश्री पक्राउ
संगीतकार आलोकश्री पक्राउ
रु ५७ करोडको लागतमा सडक निर्माण हुँदै
रु ५७ करोडको लागतमा सडक निर्माण हुँदै

तपाईंले छुटाउनुभयो कि?