रेशम चौधरी आज जेलमुक्त हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १५, २०८०
|
|
३६ पटक हेरिएको
Shares
रेशम चौधरी आज जेलमुक्त हुँदै

सारांश

  • काठमाडौं।
  • आज पूर्व सांसद रेशमलाल चौधरी ६ वर्ष पछि जेलमुक्त हुँदैछन्।
  • पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी अवधिको जेल मिनाहा गरेपछि उनी आज जेल मुक्त हुन लागेका हुन्।

काठमाडौं। आज पूर्व सांसद रेशमलाल चौधरी ६ वर्ष पछि जेलमुक्त हुँदैछन्। पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी अवधिको जेल मिनाहा गरेपछि उनी आज जेल मुक्त हुन लागेका हुन्।

गणतन्त्र दिवसकाे अवसरमा राष्ट्रपतिले आममाफी दिएपछि बितेका ६ वर्षदेखि डिल्लीबजार कारागारमा रहेका उनी आज बिहान जेलमुक्त हुन लागेका हुन्। नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका चौधरी जेलमुक्त हुने भए पछि सो पार्टीले उनको स्वागतका लागि नेता तथा कार्यकर्तालाई डिल्लीबजार कारागर परिसरमा आउन निर्देशन दिएको छ।

टिकापुर नरसंहारमादोषी ठहर गर्दै उच्च अदालतले जन्मकैदको सुनाएको फैसलालाई गत जेठ २ गते सर्वोच्च अदालतले सदर गरेको थियो। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उच्च अदालतको फैसला सदर गरेको १३ औं दिनमा चौधरीलाई आममाफी दिइएको हो।

२०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले साविक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नम्बर बमोजिम जन्मकैद तथा ज्यान मार्ने उद्योगतर्फ १५ नम्बर बमोजिम ५ वर्ष कैद सजाय सुनाएको थियो। २०७७ पुस २ मा उच्च अदालत दीपायलले जिल्ला अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसाला सुनाए पछि उनी रिहा हुन सकेका थिएनन्।

उता उच्च अदालतको साे फैसलालाई पनि सर्वोच्च अदालतले सदर गरेपछि उनी काननुतः २०९४ सालसम्म जेल सजायमा बस्नु पर्ने थियो। तर, सरकारले गणतन्त्र दिवसको अवसरमा आममाफी दिने निर्णय पछि उनी १४ वर्ष अघि नै जेलमुक्त हुन लागेका हुन्।

२०७४ फागुनमा पक्राउ परेका उनी माथी टिकापुर नरसंहारमा एक बालकसहित ८ जना सुरक्षाकर्मीको बिभत्स तथा निर्मम तरिकाले हत्या गरेको अभियोग छ। तर, २०७४ सालको आमनिर्वाचनमा कैलाली-१ बाट निर्वाचित चौधरी जेलमुक्त हुने भएपछि नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ता आज बिहान डिल्लीबजार पुग्दैछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विना मगरलाई आयोगले सोध्यो स्पष्टिकरण
विना मगरलाई आयोगले सोध्यो स्पष्टिकरण
दक्षिणी नाकामा दुई किमीको अन्तरमा सशस्त्रको सुरक्षा चौकी
दक्षिणी नाकामा दुई किमीको अन्तरमा सशस्त्रको सुरक्षा चौकी
गरिबको झुपडीमा अर्बपतिको भोजन। ‘सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रम कसैलाई नपरोस्
गरिबको झुपडीमा अर्बपतिको भोजन। ‘सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रम कसैलाई नपरोस्
२४ कम्पनीलाई सोधियो स्पष्टीकरण
२४ कम्पनीलाई सोधियो स्पष्टीकरण
पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु
पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु
बालाचतुर्दशीमा पशुपति क्षेत्रको कैलाशमा पसल नराखिने
बालाचतुर्दशीमा पशुपति क्षेत्रको कैलाशमा पसल नराखिने
कोशी प्रदेशका नवनियुक्त मन्त्री एकराज कार्की अस्पताल भर्ना
कोशी प्रदेशका नवनियुक्त मन्त्री एकराज कार्की अस्पताल भर्ना
बर्षेनी बढ्ने बेरुजु खर्च रोक्नुपर्छ : मुख्यमन्त्री पौडेल
बर्षेनी बढ्ने बेरुजु खर्च रोक्नुपर्छ : मुख्यमन्त्री पौडेल
नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास हुँदै खोप्रालेक
नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास हुँदै खोप्रालेक
भाइबरबाट चिट्ठा पर्यो भन्दै ठग्ने पक्राउ परे
भाइबरबाट चिट्ठा पर्यो भन्दै ठग्ने पक्राउ परे