गरिबको झुपडीमा अर्बपतिको भोजन। ‘सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रम कसैलाई नपरोस्

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १९, २०७९
|
|
२० पटक हेरिएको
Shares
गरिबको झुपडीमा अर्बपतिको भोजन। ‘सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रम कसैलाई नपरोस्

सारांश

  • काठमाडौं ।
  • अर्बपतिको सुचीमा रहेका उद्योगपति विनोद चौधरी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार छन्।
  • मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसबाट चौधरीले नवलपरासी सुस्ता पश्चिमबाट उम्मेदवार दिएका छन ।

काठमाडौं । अर्बपतिको सुचीमा रहेका उद्योगपति विनोद चौधरी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार छन्। मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसबाट चौधरीले नवलपरासी सुस्ता पश्चिमबाट उम्मेदवार दिएका छन । चौधरी यतिबेला मतदाताको खेतबारीमा भेटिन्छन्।

मतदाताको मन जित्न चौधरी गरिब झुपडी बस्तीमा रमाउने प्रयास गर्दैछन्। उनले मतदाताको झुपडीमा खाना खानेदेखि खेतबारीमा काम सघाइरहेको दृश्‍य देख्न सकिन्छ।

चौधरीले सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रममा नपर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमा किसानमाझ खाना खाएको तस्बीर सार्वजनिक गर्दै चौधरीले आफू पनि सामान्य परिवारको मानिस भएको बताएका छन्।

‘सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रम कसैलाई नपरोस्। म सामान्य परिवारबाट आएको व्यक्ति हुँ। मेरो शिक्षादीक्षा पनि सामान्य रूपमै भयो,’ चौधरीले भनेका छन्, ‘सरकारी स्कुलमै पढेर हुर्किएको हुँ म। रत्नपार्कबाट सार्वजनिक बस चढेर भक्तपुरको सरकारी स्कुलबाट स्कुले शिक्षा हासिल गरेको हुँ।’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?