भाइबरबाट चिट्ठा पर्यो भन्दै ठग्ने पक्राउ परे

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
भाइबरबाट चिट्ठा पर्यो भन्दै ठग्ने पक्राउ परे

सारांश

  • काठमाडौं, १९ फागुन – भाइबरबाट लट्री परेको सूचना पठाएर १० लाख ठगी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।
  • उनीहरूले २५ लाखसम्म लट्री परेको सूचना भाइबरबाट पठाउने गरेका थिए ।
  • लट्री परेको भन्दै रकम माग्ने मुख्य योजनाकार भने अझै पक्राउ परेका छैनन् ।

काठमाडौं, १९ फागुन – भाइबरबाट लट्री परेको सूचना पठाएर १० लाख ठगी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । उनीहरूले २५ लाखसम्म लट्री परेको सूचना भाइबरबाट पठाउने गरेका थिए । लट्री परेको भन्दै रकम माग्ने मुख्य योजनाकार भने अझै पक्राउ परेका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

इलाका प्रहरी कार्यालय धरानले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सहयोगमा विराटनगर र काठमाडौंबाट उनीहरूलाई पक्राउ गरेको हो । धरानका रमेशकुमार श्रेष्ठको जाहेरीका आधारमा विराटनगर र काठमाडौँबाट पाँचजना पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए । पैसा रिसिभ गर्ने पक्राउ परे पनि मुख्य योजनाकार भने भारत या पाकिस्तानमा रहेको हुनसक्ने प्रहरीको अनुमान गरिएको छ ।

पक्राउ पर्नेमा विराटनगरका २३ वर्षीय असिम महत, उनी आमा ४० वर्षीय अनिता महत (राउत), नवलपरासी घर भई काठमाडाैँ बस्ने ३० वर्षीय यसकुमार थापा मगर, लम्जुङ घर भई काठमाडाैँ बस्ने ३७ वर्षीय प्रितम गुरुङ र बाग्लुङ घर भई काठमाडौं बस्ने टीकाराम जैसी छन् । महत आमा छोरालाई गत १० माघमा विराटनगरबाट पक्राउ गरिएको डिएसपी पौडेलले जानकारी दिए । उनीहरूकै बयानका आधारमा १४ फागुनमा थापा र गुरुङ तथा १५ फागुनमा जैसी काठमाडौंबाट पक्राउ परेका हुन् ।

पक्राउ गरेका असिम महत दिल्लीमा बसेर अध्ययन गरी झन्डै डेढ वर्षअघि नेपाल फर्किएका थिए । यसकुमार भने भारतको केरालामा चौकीदार गर्दै आएका थिए । उनी हाल कीर्तिपुरमा डेरा लिएर संगठित रूपमा ठगीमा लागेको पाइएको प्रहरीले जनाएको छ । गुरुङ भारतीय सेनाका हवल्दार हुन । उनी रिटायर भएपछि काठमाडौं बस्दै आएका थिए ।

उनीहरूले लिएको केही रकम भारतीय बैंकमा पनि जम्मा गरेको पाइएको डिएसपी पौडेलले बताए । भाइबर गर्ने व्यक्तिले भने पाकिस्तानी नम्बर प्रयोग गरेको देखिन्छ । उनका अनुसार ठगीको गिरोह नेपाल, भारत र पाकिस्तानमा बसेर धन्दा चलाइरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?