प्युठानमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २९, २०८०
|
|
३० पटक हेरिएको
Shares
प्युठानमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

सारांश

  • काठमाडौं ।
  • प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किदै गरेको लु १ च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको छ ।
  •   दुर्घटनामा परि कारमा सवार ८ जनाको घटनास्थल मै मृत्यू भएको स्वर्गद्वारी नगरपालिकाका मेयर टेक प्रसाद भण्डारीले जानकारी दिएका छन् ।

काठमाडौं । प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किदै गरेको लु १ च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको छ । 
दुर्घटनामा परि कारमा सवार ८ जनाको घटनास्थल मै मृत्यू भएको स्वर्गद्वारी नगरपालिकाका मेयर टेक प्रसाद भण्डारीले जानकारी दिएका छन् ।

सवारी चालक लमही ५ दाङ घर भएक टंकबहादुर कुमाल बाहेक कसैको सनाखत हुन सकेको छैन । कार टाकुराको माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा अन्दाजी करिब ३५ मिटर तल झरेको छ । कार पूर्णरुपमा क्षतिग्रस्त भएको ईप्रका भिग्रीले जनाएको छ ।

कारमा २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेका थिए । सवै मृतकको शव संकलन गरि पोष्ठमार्टमका लागि विजुवार अस्पताल पठाउने तयारी भैरहेको मेयर भण्डारीले वताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?