नेपाल यूएईबीचको श्रम सम्झौता नवीकरण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३२, २०८०
|
|
५२ पटक हेरिएको
Shares
नेपाल यूएईबीचको श्रम सम्झौता नवीकरण

सारांश

  • काठमाडौं।
  • नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच भएको श्रम सम्झौता नवीकरण भएको छ।
  • काठमाडौंमा बुधबार बसेको उच्चस्तरीय संयुक्त समितिको बैठकले श्रम सम्झौता नवीकरण गरेको हो।

काठमाडौं। नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच भएको श्रम सम्झौता नवीकरण भएको छ। काठमाडौंमा बुधबार बसेको उच्चस्तरीय संयुक्त समितिको बैठकले श्रम सम्झौता नवीकरण गरेको हो। सो क्रममा दुवै देशका उच्च श्रम अधिकारीहरुको सहभागिता थियो।

चार वर्षअघि भएको सम्झौताको म्याद सकिने दिन बुधबार नै उच्चस्तरीय संयुक्त समितिको बैठक बसेर नवीकरण गरिएको हो। शून्य लागतमा श्रमिक जान पाउने गरी श्रम सम्झौता नवीकरण भएको छ।

उक्त बैठकमा नेपालको तर्फबाट श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेल र यूएईको तर्फबाटसमकक्षी अब्दुल्लह अली अलनुयमीले आ–आफ्नो देशको टोलीको नेतृत्व गरेका थिए।

श्रम सम्झौताले रोजगारदाता पे मोडललाई स्वीकार गरेको छ भने सबै विदेशी श्रमिकलाई समान व्यवहार गर्ने, महिला श्रमिकको लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपायहरु सुनिश्चित गर्ने, राहदानीलगायत व्यक्तिगत परिचयसम्बन्धी कागजात श्रमिककै साथमा रहन पाउनेलगायतका विषय समेटिएको छ ।

यूएई पक्षले श्रमिक रोजगारविहीन भएमा तीन महिनासम्मको बेरोजगार भत्ता पाउने गरी श्रमिकको अनिवार्य २४ घण्टाको बिमा नीति लागु गरिएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराट गोल्डकपः विराटनगर सिटी फाइनलमा
विराट गोल्डकपः विराटनगर सिटी फाइनलमा
पश्चिपतिर घुम्न जाँदा केकीले यि युवकसँग केके गरिन्( हेर्नुहोस् भिडियो)
पश्चिपतिर घुम्न जाँदा केकीले यि युवकसँग केके गरिन्( हेर्नुहोस् भिडियो)
सहायक बन अधिकृत महतो ३ लाख घुस सहित पक्राउ
लकडाउन सम्बन्धी छलफलका लागी आज आकस्मिक मन्त्रीपरिपद् बैठक बस्दै
लकडाउन सम्बन्धी छलफलका लागी आज आकस्मिक मन्त्रीपरिपद् बैठक बस्दै
चैतसम्ममा काठमाडौँलाई मगन्तेरहित बनाइने
चैतसम्ममा काठमाडौँलाई मगन्तेरहित बनाइने
पार्टी एकता र सरकार गठनबारे ओली र प्रचण्डको मत बाझियो, “ओली चाहन्छन्, पहिला सरकार गठन, प्रचण्ड भन्छन्, दुवै एकसाथ गरौँ”
पार्टी एकता र सरकार गठनबारे ओली र प्रचण्डको मत बाझियो, “ओली चाहन्छन्, पहिला सरकार गठन, प्रचण्ड भन्छन्, दुवै एकसाथ गरौँ”
सुदूरपश्चिम प्रदेशसभा : बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टि
सुदूरपश्चिम प्रदेशसभा : बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टि
प्रधानसेनापति राष्ट्रिय टेनिस यही वैशाख २८ देखि
प्रधानसेनापति राष्ट्रिय टेनिस यही वैशाख २८ देखि
सरकारकाे एकै निर्णयमा पद गुमाउदै विकासबोर्डकि अध्यक्ष निकिता देखि प्राधिकरणका सीइयाे भुषाल सम्म (हेर्नुहोस अरु को-को)
सरकारकाे एकै निर्णयमा पद गुमाउदै विकासबोर्डकि अध्यक्ष निकिता देखि प्राधिकरणका सीइयाे भुषाल सम्म (हेर्नुहोस अरु को-को)
विराटनगरमा छुरा प्रहार गरी बाबुको हत्या
विराटनगरमा छुरा प्रहार गरी बाबुको हत्या