नमिता सुनिता नीरा हत्याकाण्ड राजतन्त्रले दवायाे निर्मला पन्त काण्ड कस्ले दबाउदैछ ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २२, २०७५
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, २२ असाेज ।
  • पंचायतकालमा पोखरामा भएको नमिता सुनिता र नीरा बलात्कार तथा हत्याकाण्ड एक दर्दनाक र चरम आतंकपूर्ण हत्याकाण्ड थियो ।
  • यसलाई तात्कालिन पञ्चायती राजतन्त्रले सत्ताको दुरुपयोग गरी दबाएको थियो ।

काठमाडाै, २२ असाेज । पंचायतकालमा पोखरामा भएको नमिता सुनिता र नीरा बलात्कार तथा हत्याकाण्ड एक दर्दनाक र चरम आतंकपूर्ण हत्याकाण्ड थियो । यसलाई तात्कालिन पञ्चायती राजतन्त्रले सत्ताको दुरुपयोग गरी दबाएको थियो । त्योबेला चलेको चर्चाअनुसार राजपरिवार निकटका मानिसहरु नै यस बलात्कार र हत्याकाण्डका अपराधीहरु थिए । जसले गर्दा यसलाई त्यो बेलाको दरबार र त्यसका भाट मतियारहरुले कुटिल तरिकाले दवाए । पछि ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि यसको फाइललाई प्रहरीले बन्द ग-यो । त्यसबेला पोखराको सिडिओ रहेका र पछि अञ्चलाधिश भएका सूर्यबहादूर सेन ओलीलाई माओवादीका ठुला नेताहरुले स्वागत सम्मानसहित प्रवेश गराए तथा सांसद पनि बनाए । तर, त्यस बलात्कार र हत्याकाण्डबारे उनले पनि अहिले सम्म मुख खोलेनन् र माओवादीका ठुला नेताहरुले यसलाई मतलब पनि गरेनन् ।

अहिले निर्मला पन्त बलात्कार तथा हत्याकाण्डलाई पनि नमिता सुनिता नीरा हत्याकाण्ड जसरी नै दबाउने षडयन्त्र भैरहेको जनसमुदायको अनुमान छ । यसका विरुद्ध आक्रोश छाइरहेकोछ । तर, सरकारले समयमै सही तरिकाले यसको अनुसन्धान गर्न गराउन तथा अपराधीहरुलाई हदैसम्म सजाय दिलाई पीडितलाई न्याय दिलाउन सकिरहेको छैन । अहिले सरकारले वनाएको उच्चस्तरिय छानवीन समितिको प्रतिवेदन पनि सार्वजनिक भैसकेकोछ । यसले अपराधीको पहिचान गर्न सकेको छैन, तर यस घटनालाई सामुहिक बलात्कार र त्यसपछि भएको हत्याकाण्ड हो भन्ने तर्फ इंगित गरेको छ र अनुसन्धानको दायरा फराकिलो बनाउन पर्ने सुझाव दिएको छ ।दृष्टि साप्ताहिक का अनुसार  त्यस प्रतिवेदन तयार गर्नेहरुका बिच नै मत बाझिएको पनि देखिएको छ । एक सदस्यले हत्याकाण्डको बेला प्रमाण नष्ट गर्ने प्रहरी अधिकारीहरुलाई हत्याकाण्डको मतियारको रुपमा नै मुद्दा चलाई कारबाही गर्नुपर्ने राय दिएको छ भने अरुले उनीहरु माथि केवल विभागीय कारवाहीको मात्र सुझाव दिएको छ ।

जनसमुदायमा भने प्रमाणहरु नष्ट गर्ने, लुकाउने तथा अर्का निरपराध व्यक्ति खडा गर्न खोज्ने प्रहरी अधिकारीहरुले नै मुख्य अपराधीहरु छिपाएको आशंका गरिरहेका छन् । यस्तो स्थितिमा जनसमुदायको माग भनेको प्रमाण नष्ट गर्ने अधिकारीहरु माथि मतियार कै रुपमा मुद्दा चलाइनु पर्ने रहेको छ । अरुले प्रमाण नष्ट गर्न लाग्दा रोक्न पर्ने प्रहरी अधिकारीहरुले नै प्रमाण नष्ट गर्ने कुरा केवल लापरवाही मात्रै होइन भन्ने मत जनसमुदायमा व्याप्त छ । यस तथ्यतर्फ गृहमन्त्रालयको ध्यान जानुपर्दछ र  समयमै सही पाइला चाल्नु पर्दछ । यसले मात्रै हत्याकाण्डका अपराधीहरुसम्म सरकार पुग्न सक्दछ र जनआक्रोशलाई पनि सम्बोधन गर्न सकिने हुन्छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमुख निर्वाचन आयुक्तले सप्तरीबाट गरे मतदान
प्रमुख निर्वाचन आयुक्तले सप्तरीबाट गरे मतदान
देउवासहित कांग्रेसका २२ नेताको उम्मेदवारी टुंगियो, को कहाँ ? (सूचीसहित)
देउवासहित कांग्रेसका २२ नेताको उम्मेदवारी टुंगियो, को कहाँ ? (सूचीसहित)
यी हुन्, विश्वकपमा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडी
यी हुन्, विश्वकपमा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडी
ग्रीनलाइफ हाइड्रोले ल्याउँदैछ सर्वससाधारणका लागि शेयर
ग्रीनलाइफ हाइड्रोले ल्याउँदैछ सर्वससाधारणका लागि शेयर
ओली–प्रचण्ड सहमति : दुई प्रहरी संगठनमा दुई खनाल
ओली–प्रचण्ड सहमति : दुई प्रहरी संगठनमा दुई खनाल
ठूलो बाढीको खतरा टरे पनि साना नदीमा जोखिम कायम: तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागको आग्रह
ठूलो बाढीको खतरा टरे पनि साना नदीमा जोखिम कायम: तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागको आग्रह
जाँदाजाँदै जर्मनी राजदूतले भने–“बिदा मिलाएर घुम्न आउँछु”
जाँदाजाँदै जर्मनी राजदूतले भने–“बिदा मिलाएर घुम्न आउँछु”
आज सात जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि (विवरणसहित)
आज सात जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि (विवरणसहित)
युवराज सिंहले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास
युवराज सिंहले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास
अव्यवस्थित पार्किङले काठमाडौँ अस्तव्यस्त
अव्यवस्थित पार्किङले काठमाडौँ अस्तव्यस्त