पुरुष भलिबल : नेपाल मङ्गोलियासँग पराजित
सारांश
- काठमाडौँ ।
- सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा)पुरुष भलिबल नेसन्स लिगको आफ्नो पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको छ ।
- कीर्गिस्तानमा आज भएको खेलमा नेपाल मङ्गलियासँग ३–१ को सेटमा पराजित भएको हो ।
काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा)पुरुष भलिबल नेसन्स लिगको आफ्नो पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको छ ।
कीर्गिस्तानमा आज भएको खेलमा नेपाल मङ्गलियासँग ३–१ को सेटमा पराजित भएको हो । मङ्गोलियाले खेलको पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२० ले आफनो पक्षमा पार्यो । त्यस्तै खेलको तेस्रो सेट भने नेपालले जित्यो । नेपालले २७(२५ ले आफ्नो पक्षमा पार्यो तर खेलको चौँथो सेटमा मङ्गोलिया २५(२० ले विजयी भयो ।
उक्त प्रतियोगितामा विभिन्न सात टोलीको सहभागिता रहेको छ । जसमा आयोजक कीर्गिस्तान ‘ए’ टोली, मङ्गोलिया, नेपाल, उज्वेकिस्तान, इरान, तुर्कमिनिस्तान र कीर्गिस्तानको ‘बी’ टोली छन् । अब नेपालले आफनो दोस्रो खेल भोलि कीर्गिस्तानको ‘ए’ टोलीसँग खेल्नेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया