३३ किलो सुनकाण्ड: ​यसरी खटाउनेलाई तानेको खै !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २७, २०७५
|
|
३१ पटक हेरिएको
Shares
३३ किलो सुनकाण्ड: ​यसरी खटाउनेलाई तानेको खै !

सारांश

  • काठमाडाै, २७ वैशाख ।
  • भ्रष्टाचारप्रति शून्य सहनशीलता भन्ने तर यसको जरासम्म पुगेर उन्मुलन नगर्ने हो भने सरकारी प्रतिबद्धता कसरी पूरा होला र !
  • सुनकाण्डमा फोन सम्पर्क र बयानका आधारमा सुरक्षाकर्मी र कर्मचारीलाई छानबिनको दायरामा ल्याइयो तर तिनलाई लिखित तोक लगाएर पटक–पटक एयरपोर्टमै खटाउनेहरूमाथि चाहिँ किन केही गरिन्न ?
काठमाडाै, २७ वैशाख । भ्रष्टाचारप्रति शून्य सहनशीलता भन्ने तर यसको जरासम्म पुगेर उन्मुलन नगर्ने हो भने सरकारी प्रतिबद्धता कसरी पूरा होला र ! सुनकाण्डमा फोन सम्पर्क र बयानका आधारमा सुरक्षाकर्मी र कर्मचारीलाई छानबिनको दायरामा ल्याइयो तर तिनलाई लिखित तोक लगाएर पटक–पटक एयरपोर्टमै खटाउनेहरूमाथि चाहिँ किन केही गरिन्न ?

भन्न त एयरपोर्ट कमाइ र लाभका हिसाबले यति सुख्खा छ कि कोही कर्मचारी जान नै मान्दैनन् भनिन्छ । तर, भित्रभित्रै त्यहाँ जान अनेकौं तिकडम र चालबाजी चलिरहन्छ । नेपाल प्रहरीका उच्चाधिकारीकै पहल हेरौं । विमलेन्द्र निधि गृहमन्त्री हुनुअघिदेखि नै एसएसपी श्याम खत्री   अन्तर्राष्ट्रिय विमानस्थलमै थिए । करिब दुई वर्षसम्म खटाएको ठाउँमा बस्ने र त्यसपछि अन्तै सरुवा हुने प्रहरीदेखि निजामती कर्मचारीको पनि सामान्य मापदण्ड हो । यसरी सरुवा हुने बेला भएका श्यामलाई त्यतिबेलाको प्रहरी नेतृत्वले अन्त खटाउने तयारी गरिरहेको थियो । तर, सरुवाको नामावली सार्वजनिक हुनुअघि नै श्यामले प्रहरी प्रधान कार्यालयलाई यस्तो झट्का दिए कि त्यसपछि उनको सरुवा अन्त भएन । श्याम झैं अर्का उच्च प्रहरी अधिकृत प्रमोद खरेल पनि लामो समयदेखि एयरपोर्टमै कार्यरत थिए । प्रमोद पनि खत्रीकै झैं त्यतिबेला नेपाल प्रहरीको प्रद्धतिविपरीत दोहो¥याएर एयरपोर्टमै बस्न सफल भएका थिए ।

चेन अफ कमाण्डमा चल्नुपर्ने चलनविपरीत एयरपोर्टमा ढलिमली गर्नेहरूमध्ये अहिले कतिपय सुनकाण्डमा परेर हिरासतमा छन् भने कतिपय फरार छन् । एसपी प्रमोद खरेल त तत्कालीन महानिरीक्षकले संगठनको पद्धतिविपरीत मन्त्रीका पछि लाग्न हुन्न भन्दै हप्काएपछि जागिर नै छाडेर अमेरिका भास्सिए । उच्च प्रहरी अधिकारी खटिनुपर्दा प्राय नारायणी र लुम्बिनी रोज्छन् । तर श्याम, प्रमोदहरू गृहमन्त्री निधिका भित्रियाका रूपमा लामो समयसम्म एयरपोर्ट नै बसे जनअास्थाले लेखेकाे छ। उनीहरूलाई एयरपोर्टमै राख्नू भनी तत्कालीन गृहमन्त्री निधिले लिखित तोकादेश नै पठाए । अहिले निधिका तिनै प्रियपात्रहरू कोही हिरासतमा र कोही फरार छन् ।

सुन र अवैध सामान बोक्ने एयरलाइन्सका कर्मचारी, लोडर, भन्सारका साना कर्मचारीमाथि दागा धर्ने राज्यले यसको व्यवस्थापनका लागि शक्तिको दुरुपयोग गर्ने मन्त्रीलाई चाहिँ सम्झनु पर्दैन ? उच्च तहकालाई तान्नु नपर्ने र लोडर, भरिया, साना कर्मचारीलगायतलाई आत्महत्यासम्म हुने गरी मानसिक रूपले प्रताडित गरिरहने राज्यको प्रकृतिमा सुधार गर्नु नपर्ने ?

सुनकाण्डको रहस्य खुल्दै जाँदा पो थाहा हुँदै छ किन मन्त्रीले यी प्रहरीलाई एयरपोर्टमै राख्नू भनी लिखित आदेश पठाउँदा रहेछन् । श्याम खत्री त यसअघि पनि अवैध सुनकाण्डमा परी संगठनको कारबाही भोगिसकेका उच्चाधिकारी हुन् । पछि उनले अदालतबाट सफाइ लिएर पुनः जागिरे बने । सुनको अवैध कारोबारमा खप्पिस यिनै श्यामलाई निधिले रोजेर एयरपोर्टमा पटकपटक अवसर दिए । निधिले एयरपोर्टमै कार्यरत डिआइजीलाई नरोजेर एसएसपी श्यामलाई नै रोज्नु र मन्त्रीको रोजाइका प्रहरी अधिकारीहरू सुनकाण्डमा परिरहनुमा कुनै तादात्म्यता छ कि ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?