वेस्ट इन्डिजद्वारा नेपालसामु जितका लागि ३४० रनको चुनौती पेस

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ७, २०८०
|
|
३६ पटक हेरिएको
Shares
वेस्ट इन्डिजद्वारा नेपालसामु जितका लागि ३४० रनको चुनौती पेस

सारांश

  • काठमाडौँ ।
  • आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा वेस्ट इन्डिजले कप्तान शाई होप र निकोलस पुरनको शतकमा नेपाललाई जितको लागि तीन सय ४० रनको लक्ष्य दिएको छ ।
  • जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै तीन सय ३९ रनको योगफल बनायो ।

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा वेस्ट इन्डिजले कप्तान शाई होप र निकोलस पुरनको शतकमा नेपाललाई जितको लागि तीन सय ४० रनको लक्ष्य दिएको छ ।

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै तीन सय ३९ रनको योगफल बनायो । वेस्ट इन्डिजका कप्तान होपले सर्वाधिक एक सय ३२ रनको योगदान दिए । उनले एक सय २९ बलमा १० चौका र तीन छक्का प्रहार गर्दै एक सय ३२ रनको योगदान दिएका हुन ।

त्यस्तै निकोलस पुरनले एक सय १५ रन बनाए । उनले ९४ बलमा १० चौका र चार छक्कासहित एक सय १५ रनको योगफल बनाएका हुन् । चौथो विकेटका लागि पुरन र होपले दुई सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।

ब्रेन्डन किङ्गले ४२ बल खेल्दै दुई चौका र दुई छक्काको मद्दतमा ३२ रन जोडे । यस्तै रोभम्यान पावेलले तीन चौका र एक छक्काको सहयोगमा १४ बलमा २९ रन बनाए । वेस्ट इन्डिजका सुरुआती व्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट भए भने जासोन होल्डरले अविजित १६ रन बनाए ।

बलिङतर्फ नेपालका ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए । नेपाललाई उक्त प्रतियोगिताको सुपर सिक्समा पुग्नका लागि वेस्ट इन्डिजविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ ।

यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो । नेपाल अहिले जवाफी व्याटिङमा उत्रेको छ ।

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?