सञ्चार सीप उच्च शिक्षाको मुटु हो: तिवारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
३९ पटक हेरिएको
Shares
सञ्चार सीप उच्च शिक्षाको मुटु हो: तिवारी

सारांश

  • पोखरा , ३ भदाै ।
  • पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय स्कूल अफ डेभलपमेण्ट एण्ड सोसल ईञ्जिनियरिङ को आयोजनामा हालै सञ्चालनमा आएको नयाँ कार्यक्रम व्याचलर अफ ईङ्गलिस एण्ड कम्युनिकेशन स्टडिज(बेक्स) सम्बन्धि ६ दिने कार्यशाला सुरू भएकाे छ।
  • सम्वन्धि प्राध्यापक तथा विद्यार्थीलाई लक्षित गरि पोखरा१८, सेदीमा रहेको ईन्फिनिटी रिसोर्टको सभाहलमा सञ्चालन गरिएको ६ दिने कार्यशाला को एक समारोहका वीच शनिबार उद्घाटन गरिएकाे हाे ।

पोखरा , ३ भदाै ।पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय स्कूल अफ डेभलपमेण्ट एण्ड सोसल ईञ्जिनियरिङ को आयोजनामा हालै सञ्चालनमा आएको नयाँ कार्यक्रम व्याचलर अफ ईङ्गलिस एण्ड कम्युनिकेशन स्टडिज(बेक्स) सम्बन्धि ६ दिने कार्यशाला सुरू भएकाे छ। सम्वन्धि प्राध्यापक तथा विद्यार्थीलाई लक्षित गरि पोखरा१८, सेदीमा रहेको ईन्फिनिटी रिसोर्टको सभाहलमा सञ्चालन गरिएको ६ दिने कार्यशाला को एक समारोहका वीच शनिबार उद्घाटन गरिएकाे हाे ।

उक्त अभिमुखीकरण कार्यशालाको उद्घाटन गर्दै पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रोफेसर डा ईन्द्र प्रसाद तिवारी ले उच्च शिक्षाले प्रतिस्पर्धात्मक युगमा दक्ष भएर खट्न सक्ने सञ्चार सीप भएका ग्रयाजुयट्स हरु उत्पादन गर्नुपर्ने टड्कारो आवश्यकतालाई औल्याउँदै समय सापेक्ष रुपमा पोखरा विश्वविद्यालयले बेक्स कार्यक्रम शुरु गरेको बताउनु भयो ।

कार्यक्रमका मुख्य प्रशिक्षकर सहजकर्ता एवं विषय समितिका प्रमुख प्रोफेसर श्रीधर प्रसाद लोहनीले यो कार्यक्रम को डिग्रि हासिल गरेका विद्यार्थीले बहुविधागत ज्ञान राख्ने भएकोले संसारको कुनै पनि विश्वविद्यालयमा गएर आफूलाई अब्वल प्रमाणित गर्न सक्ने जिकिर गर्नुभयो । प्रोफेसर लोहनीले नेपालमा मात्र नभएर दक्षिण एशियामानै यस्तो किसिमको स्नातक कार्यक्रम पोखरा विश्वविद्यालयमा पहिलो पल्ट शुरु भएको बताउनुभयो ।

बेक्स कार्यक्रम अध्ययनरत विद्यार्थी, प्राध्यापक सम्मिलित उक्त कार्यक्रम आगामी शुक्रवार सम्म चल्ने छ भने आवासीय रुपमा ६ दिन प्रोफेसर श्रीधर प्रसाद लोहनी, प्रोफेसर ऋषिकेश उपाध्याय र प्रोफेसर आनन्द शर्माले सहजीकरण गर्नुहुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?