हारमा पनि उर्जा: “जनताको सेवामा अझ सक्रिय भएर लाग्नेछु” – कुलमान घिसिङ
सारांश
- काठमाडौँ क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले चुनावी परिणामलाई सकारात्मक रूपमा ग्रहण गर्दै जनताको सेवामा निरन्तर खटिने प्रतिबद्धता जनाउनुभएको छ।
- सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले निर्वाचनको यो नतिजाले आफूलाई भविष्यमा अझ बढी जिम्मेवार र सक्रिय भएर देशको हितमा काम गर्न थप प्रेरणा दिएको उल्लेख गर्नुभएको छ।
- अध्यक्ष घिसिङले सोही क्षेत्रबाट विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेलाई बधाई ज्ञापन गर्दै चुनावी प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रूपमा स्विकार्नुभएको छ।
काठमाडौँ क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले चुनावी परिणामलाई सकारात्मक रूपमा ग्रहण गर्दै जनताको सेवामा निरन्तर खटिने प्रतिबद्धता जनाउनुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले निर्वाचनको यो नतिजाले आफूलाई भविष्यमा अझ बढी जिम्मेवार र सक्रिय भएर देशको हितमा काम गर्न थप प्रेरणा दिएको उल्लेख गर्नुभएको छ।
अध्यक्ष घिसिङले सोही क्षेत्रबाट विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेलाई बधाई ज्ञापन गर्दै चुनावी प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रूपमा स्विकार्नुभएको छ। आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण मतदाताहरू प्रति हार्दिक आभार प्रकट गर्दै उहाँले पदमा नरहे पनि जनसरोकारका मुद्दाहरूमा आफ्नो सक्रियता कम नहुने स्पष्ट पार्नुभएको छ।
प्रतिक्रिया