पाठेघर मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप नेपालमा आइपुग्यो
सारांश
- काठमाडौं ।
- नेपालमा पाठेघर मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप आइपुगेको छ ।
- स्वास्थ्य सेवा विभागको खरिद शाखाले नेपालले खरिद गरेको २० हजार भाइल एचपीभी खोप मंगलबार नेपाल आइपुगेको जानकारी दिएको छ ।
काठमाडौं । नेपालमा पाठेघर मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप आइपुगेको छ ।
स्वास्थ्य सेवा विभागको खरिद शाखाले नेपालले खरिद गरेको २० हजार भाइल एचपीभी खोप मंगलबार नेपाल आइपुगेको जानकारी दिएको छ ।
सरकारले पहिलो पटक खरिद गरेको उक्त खोप ९ देखि १४ वर्षका उमेर समूहका किशोरीलाई दिइने जनाइएको छ । अहिले पाइलट प्रोजेटको रूपमा खोप लगाइने भएकाले कहाँ–कसरी लगाउने भन्ने विषयमा छलफल भइरहेको स्रोतले बताएको छ ।
महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई न्यूनीकरण गर्नका लागि नेपालमा पहिलो पटक एचपीभीविरुद्धको खोप लगाउन लागिएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया