नयाँ शक्तिमा पार्टी छाड्ने क्रम जारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २९, २०७४
|
|
२७ पटक हेरिएको
Shares
नयाँ शक्तिमा पार्टी छाड्ने क्रम जारी

सारांश

  • काठमाडौं ।
  •  नयाँ शक्तिका प्रभावशाली नेताहरूले पार्टी छाड्ने क्रम जारीरहेका बेला सो युवा नेताहरूले समेत सङ्गठन परित्याग गरेका छन् ।
  • शनिबार नयाँ शक्तिका प्रदेश नम्बर ३ युवा अभियानका सहसंयोजक दीपक विकको नेतृत्वमा एक समूहले सङ्गठन परित्याग गरेको छ ।

काठमाडौं । नयाँ शक्तिका प्रभावशाली नेताहरूले पार्टी छाड्ने क्रम जारीरहेका बेला सो युवा नेताहरूले समेत सङ्गठन परित्याग गरेका छन् । शनिबार नयाँ शक्तिका प्रदेश नम्बर ३ युवा अभियानका सहसंयोजक दीपक विकको नेतृत्वमा एक समूहले सङ्गठन परित्याग गरेको छ ।

नयाँ शक्ति युवा अभियान छाडेका नेताहरू नेकपा (माओवादी केन्द्र)को भातृ सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल)मा प्रवेश गरेका छन् । विकको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा एमाले र नयाँ शक्तिका ४५० भन्दा बढी युवा नेता तथा कार्यकर्तालाई माओवादी वाईसीएल इन्चार्ज मणि थापाले स्वागत गरे ।

स्वागत कार्यक्रममा इन्चार्ज थापाले सम्पूर्ण नेपाली जनता अग्रगमनको पक्षमा ध्रुवीकरण हुनु जरुरी रहेको बताए । वाईसीएलको महाधिवेशन आगामी भदौ २ गतेदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?