उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले गैर आवासीय नेपालीहरूलाई सम्बोधन गर्नुहुने
सारांश
- काठमाडाैं ।
- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गैर आवासीय नेपालीहरूका लागि आयोजना अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुने भएको छ ।
- गैर आवासीय नेपाली सङ्घका उपमहासचिव रामशरण सिमखडाका अनुसार उपप्रधानमन्त्री पौडेलले ‘पढ्दै कमाउँदै’ परियोजनाको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने हुनुभएको हो ।
काठमाडाैं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गैर आवासीय नेपालीहरूका लागि आयोजना अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुने भएको छ ।
गैर आवासीय नेपाली सङ्घका उपमहासचिव रामशरण सिमखडाका अनुसार उपप्रधानमन्त्री पौडेलले ‘पढ्दै कमाउँदै’ परियोजनाको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने हुनुभएको हो ।
आइतबार साँझ नेपाली समय ५:०० बजेपछि भर्चुअल प्रविधिमार्फत आयोजना हुने सो अन्तरक्रिया कार्यक्रमलाई सङ्घका पूर्व अध्यक्षहरू डा.उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्तलगायत एक दर्जन सांसदसहित करिब डेढ दर्जन वक्ताहरूले सम्बोधन गर्नुहुने भएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया