विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

सारांश

  • क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्।
  • लियोनल मेस्सीमा कुनै स्वार्थ देखिँदैन, नम्र छन्, टिमद्वारा स्वचालित हुन्छन् र इमान्दार छन्।
  • आधुनिक फुटबलका यी बादशाहको कहानी व्यक्त गर्न धेरैले यी शब्दहरु खर्चिए।

क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै स्वार्थ देखिँदैन, नम्र छन्, टिमद्वारा स्वचालित हुन्छन् र इमान्दार छन्। आधुनिक फुटबलका यी बादशाहको कहानी व्यक्त गर्न धेरैले यी शब्दहरु खर्चिए। तुलना गर्दा मानिसहरुले एउटालाई नायक र अर्कालाई खलनायक बनाए।

यी खेलाडीबीच को सर्वाेत्कृष्ट? भन्ने बहस २००८ बाट सुरु भएको हो। त्यसबेला पहिलोपटक रोनाल्डोले बालोन डि’ओर अवार्ड जितेका थिए। यो अवार्ड विश्वका सर्बोत्कृष्ट खेलाडीले पाउने गर्छन्। त्यसयता मेस्सी र रोनाल्डोले समान ५–५ पटक यो अवार्ड जितेका छन्। उनीहरु बाहेक अरू कुनै खेलाडीले पनि २००८ यता यो अवार्डको दाबेदारी प्रस्तुत गर्न सकेको छैनन्।

म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड पुगेका रोनाल्डो र बार्सिलोनाका आजीवन सदस्य मेस्सी दुवै जना क्लबका लागि भने ट्रफीको प्रेरणा सावित भए। रोनाल्डोले २ पटक च्याम्पियन्स लिग र ३ पटक लालिगा उपाधि जिते र पाँच पटक च्याम्पियन्स लिग उपाधि चुमे। मेस्सीले ९ पटक लालिगा र पाँच पटक च्याम्पियन्स लिग उपाधि दिलाए। यी प्रतियोगिताहरुमा उनीहरु दुबै शीर्ष गोलकर्ता हुन्। थुप्रै गोलमा सहायकको भूमिका पनि निर्वाह गरेका छन्।

मेस्सी र रोनाल्डोमेस्सी र रोनाल्डो

विपक्षी टोलीका खेलाडीहरुलाई मूर्ख बनाउने कलाले उनीहरु निपूण छन्। तीव्र गती र तागत रोनाल्डोका हतियार हुन्। मेस्सीसँग गज्जबको सन्तुलन कायम राख्ने क्षमता र तीव्रगतिमा अघि बढ्दै खुट्टाले चाल परिवर्तन गरेर विपक्षी खेलाडीलाई छकाउने विशेष कला छ।

उनीहरुमध्ये को सर्बोश्रेष्ठ भनेर चुन्न पहिले निकै कठिन थियो। तर, अब रहेन। रोनाल्डो औषत टिम लिएर विश्वकपमा हुँकार फुक्दैछन् भने मेस्सी टोलीमा मिल्न नसकेको खेलाडि झै अनुहार झुकाएर मैदानबाट बाहिरिरहेका छन्। जसले २१ औं शताब्दीको सर्वश्रेष्ठ खेलाडी को हो? भन्ने सवालको पनि जवाफ दिएको छ। मेस्सीले गर्नुपरेको संघर्षलाई रोनाल्डोको बेजोड प्रस्तुतिले फिका बनाइदिएको छ। पहिलो खेलमा ह्याट्रिक र दोस्रो खेलमा निर्णायक गोल गरेर रोनाल्डोले सबैको ध्यान आफूतिर खिचेका छन्। पहिलो खेलमा पेनाल्टी चुकेका र दोस्रो खेलमा अपेक्षित प्रदर्शन गर्न नसक्दा मेस्सी आलोचित छन्।मेस्सीमेस्सी

मेस्सीले प्रतिभावान अर्जेन्टिनी खेलाडीहरुको साथ नपाएको पनि हैन। तर, कोपा अमेरिका र विश्वकपको फाइनलमा पुगे पनि उनले अर्जेन्टिनालाई ट्रफी दिलाउन सकेनन्। चार वर्ष अगाडि जर्मनीले विश्वकप उचालेको दृश्य टुलुटुलु हेर्दै उनले विश्वको सवोत्कृष्ट खेलाडीको अवार्ड ग्रहण गरेका थिए। उनी उपाधिको नजिक पुगे तर उपाधिको नजिक पुग्नु मात्रै सर्बोत्कृष्ट खेलाडी हुनुको मापदण्ड हैन।

रोनाल्डोले औषत पोर्चुगललाई लिएर २०१६ को युरोपियन च्याम्पियन्ससिप जितेका थिए। फाइनलमा उनी घाइते हुँदै मैदानबाट बाहिरिए पनि औषत टोलीमा उनको प्रभाव बाँकी नै थियो। उनका औषत सहकर्मीहरुले उपाधि उपहार दिए। त्याे क्षणमा घाइते रोनाल्डो सबैभन्दा बढी खुशी देखिन्थे।

जारी विश्वकपमा पनि धेरै कमले मात्रै पोर्चुगललाई उपाधि दाबेदार टोली मानेका छन्। सबैले पोर्चुगललाई मध्यम टोली भएको र रोनाल्डोलाई टोलीबाट निकालिदिने हो भने पोर्चुगल विश्वकप खेल्न लायक टोली नै नरहनेसम्म प्रतिक्रिया दिएका थिए।

राेनाल्डाेले सुरुवाती दुई खेलमा उनले आफ्नो महत्व दर्शाइ सकेका छन्। पहिलो खेलमा बलियो स्पेनविरुद्ध ह्याटिक गरेका उनले दोस्रो खेलमा मोरोक्कोविरुद्ध निर्णायक एक गोल गरे। जब उनीमाथि आवश्यकताको बोझ थपिएको थियो उनले आफ्नो जिम्मेवारी कुशलताका साथ निर्वाह गरे। र फेरि सबैको ध्यान आफू तिर्न खिच्न सफल भए।

रोनाल्डोरोनाल्डो

बलिया प्रतिद्वन्द्वी भएकाले विश्वकपको उपाधि उचाल्न रोनाल्डोका लागि निकै जटिल छ। तर उनले पाएका अवसरहरुहरुको सदुपयोग गर्दै आफूलाई अघि बढाउने दृढ संकल्प देखाएका छन्। मेस्सीमा नदेखिएकाे खुबी त्यही नै हो। उनी निराश र उदास छन्। कतिबेला उनका स्वभावहरु यस्ता देखिन्छन् कि उनी यो विश्वकप खेल्नै चाहँदैन थिए। जबर्जस्ती खेलिरहेका छन्।

कुनैबेला यस्तो समय पनि थियो। जतिबेला मेस्सीले रोनाल्डोलाई पुरै छायामा पारेका थिए। त्यो २०१४ को विश्वकप थियो। पोर्चुगल समूह चरणबाटै बाहिरिएको थियो। जहाँ मेस्सीले अर्जेन्टिनालाई प्रतियोगिता उचाल्ने संघारमा पुर्याएका थिए। उनले उपाधि उचाल्न सकेनन् र अब सायदै कहिलै उचाल्नेछन्।

तर १९८६ पछि विश्वकप उचाल्न व्यग्र प्रतिक्षारत राष्ट्रका समर्थकले मेस्सीको उपस्थितिबाट कम्तिमा यो आशा गरेका छन्।

यता, अन्तरार्ष्ट्रिय करिअरको उत्तरार्धमा रहेका ३३ वर्षिय रोनाल्डोले पनि याे विश्वकप आफ्ना लागि अन्तिम अवसर भएको राम्ररी बुझेका छन्। त्यही कारण पाएका कुनै पनि मौका नगुमाइकन उनी करिअरकै उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

अब अन्तिम प्रश्न मात्र बाँकी छ, के ३० वर्षिय मेस्सीले आफ्नो जादु फेरि देखाउँदै अर्जेन्टिनालाई अन्तिम खेलमा उकास्न सक्लान् त?

(मार्टिन रोजर्स ,युएसए टुडेबाट अनुवाद)

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Prabal Ghimire

    cr7

    Comment Author

    Bikram Thapa

    Cr7

    Comment Author

    Chapagain Kabi

    Cr7.

    Comment Author

    Nabin Gautam

    Cr7

    Comment Author

    Ha-RiSh KC

    100%messi

    Comment Author

    Kumar Tamang

    Cr7

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?