एमाले गर्यो संसदीय विभागमा १३ सदस्य मनोनीत

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०८०
|
|
२४ पटक हेरिएको
Shares
एमाले गर्यो संसदीय विभागमा १३ सदस्य मनोनीत

सारांश

  • काठमाडौं ।
  • नेकपा एमालेको संसदीय विभागमा १३ सदस्य मनोनीत भएका छन् ।
  • हिजो शनिवार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको सिफारिसमा बसेको सचिवालय बैठकले १३ जनालाई सदस्य मनोनीत गरेको हो ।

काठमाडौं । नेकपा एमालेको संसदीय विभागमा १३ सदस्य मनोनीत भएका छन् ।

हिजो शनिवार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको सिफारिसमा बसेको सचिवालय बैठकले १३ जनालाई सदस्य मनोनीत गरेको हो ।

विभागको सदस्यमा पदम गिरी (पर्वत), लिलानाथ श्रेष्ठ (सिराहा), भगवती चौधरी (सुनसरी), विद्या भट्टराई (कास्की), ज्वाला साह (बारा), ठाकुर गैरे (पाल्पा), बलराम अधिकारी (कपिलवस्तु) र चन्द्रबहादुर विश्वकर्मा (पश्चिम रुकुम) लाई मनोनीत गरिएको स्रोतले जानकारी दिएको छ ।

यस्तै, महेश बर्तौला (मकवानपुर), सुनिता बराल (झापा), तारा लामा तामाङ (कञ्चनपुर), अम्मरबहादुर रायमाझी (उदयपुर) र किरणकुमार साह (रौतहट) संसदीय विभाग सदस्य मनोनीत भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?