नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३, २०८०
|
|
२४ पटक हेरिएको
Shares
नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

सारांश

  • काठमाडौं ।
  • अर्थमन्त्री डा.
  • प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेका अर्थ मन्त्रालयले जनाएको छ ।

भर्खर मात्र भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत् उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत् खपत गर्ने उद्योगलाई समेत प्रशस्तै सम्भावनाका ढोका खोलेको उनले बताए ।

नेपालमा जलविद्युत् बाह्रै महिना सस्तो दरमा उपलब्ध हुने अवस्था आइसकेको, नेपालबाट उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने हुँदा लगानीमा सहजता बढ्दै जाने क्रममा रहेको उल्लेख गरे । नेपालमा विद्युत् मात्र नभई कृषि उद्यम, सूचना प्रविधि पर्यटनसमेत आकर्षक क्षेत्र रहेको, कृषि तथा पर्यटन उद्योगमा लगानीको अपार सम्भावना रहेको, प्रतिफल फिर्ता लैजान नीतिगतरूपमा कुनै समस्या पनि नरहेकाले निर्धक्क भई लगानी गर्न अनुरोध गरेका छन् ।

नेपालमा सूचना प्रविधिको विकासले गति लिन थालेको र प्रशस्तै जनशक्तिको उपलब्धताले गर्दा लगानीकर्तालाई झनै आकर्षित गर्नसक्ने, भारतमा भन्दा सस्तो दरमै जनशक्ति उपयोग गर्न सकिने हुँदा प्रतिस्पर्धी क्षमतासमेत बढ्न सक्ने सम्भावना रहेको कार्यक्रममा बताएका छन् ।

गुजरात उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सन्दीप इन्जिनियरले गुजरातका उद्योगी व्यवसायी नेपालमा लगानी विस्तार तथा व्यवसाय स्थापना गर्न इच्छुक रहेको बताउँदै त्यसको लागि प्रक्रियागत सहजीकरण गरिदिन अनुरोध गरे । कार्यक्रममा अर्थ मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूले नेपालमा लगानी क्षेत्र तथा सम्भावनाका विषयमा भारतीय उद्योगी व्यवसायीलाई जानकारी गराएका थिए ।

(https://allproshadeconcepts.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज ४२१ संक्रमित थप, ६३७ जना डिस्चार्ज
आज ४२१ संक्रमित थप, ६३७ जना डिस्चार्ज
चाँगुनारायणद्वारा ८१ प्रतिशत बजेट खर्च
चाँगुनारायणद्वारा ८१ प्रतिशत बजेट खर्च
दोस्रो पत्नि रेहमलार्इ यसरी सुनाउथे प्रधानमन्त्री इमरान पूर्वप्रेमिकाहरूको किस्सा
दोस्रो पत्नि रेहमलार्इ यसरी सुनाउथे प्रधानमन्त्री इमरान पूर्वप्रेमिकाहरूको किस्सा
भ्रष्टाचारको गन्ध आएको पाइए सैह्य नहुने प्रधानमनन्त्री ओलीकाे चेतावनी
भ्रष्टाचारको गन्ध आएको पाइए सैह्य नहुने प्रधानमनन्त्री ओलीकाे चेतावनी
मुल्य सुन्दै चकित पार्ने डोनाल्ड ट्रम्पका कारमा छन यस्ता विशेषता
मुल्य सुन्दै चकित पार्ने डोनाल्ड ट्रम्पका कारमा छन यस्ता विशेषता
ओली सरकारले राष्ट्रघात गरेको भन्दै विप्लव माओवादीद्वारा नेपालबन्दको घोषणा
ओली सरकारले राष्ट्रघात गरेको भन्दै विप्लव माओवादीद्वारा नेपालबन्दको घोषणा
उपप्रधानमन्त्री पोखरेलको राज्य व्यवस्था समितलाई चुनौती-हाजिर हो भन्ने ? (भिडियोसहित)
उपप्रधानमन्त्री पोखरेलको राज्य व्यवस्था समितलाई चुनौती-हाजिर हो भन्ने ? (भिडियोसहित)
वीर अस्पतालका न्युरोसर्जन डा. ध्रुवराज अधिकारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
वीर अस्पतालका न्युरोसर्जन डा. ध्रुवराज अधिकारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
छोरी बलात्कार गर्ने ‘बा’ भनाउँदो पक्राउ
एकै पटक ३० जना सचिवको सरुवा, को कहाँ ?
एकै पटक ३० जना सचिवको सरुवा, को कहाँ ?

तपाईंले छुटाउनुभयो कि?