मुल्य सुन्दै चकित पार्ने डोनाल्ड ट्रम्पका कारमा छन यस्ता विशेषता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १७, २०७६
|
|
३६ पटक हेरिएको
Shares
मुल्य सुन्दै चकित पार्ने डोनाल्ड ट्रम्पका कारमा छन यस्ता विशेषता

सारांश

  • अहिले सयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्प सत्ताको बागडोर सम्हालिरहेका छन ।
  • संसारकै शक्तिशाली राष्ट्रपतिको रुपमा रहेका ट्रम्पको बारेमा जान्ने उत्सुक्ता प्रायः सबैका रहन्छ ।
  •  उनका हरेक आनिवानी तथा अभिरुचि संग संसार जान्न नचाहने कुरै भएन ।

अहिले सयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्प सत्ताको बागडोर सम्हालिरहेका छन । संसारकै शक्तिशाली राष्ट्रपतिको रुपमा रहेका ट्रम्पको बारेमा जान्ने उत्सुक्ता प्रायः सबैका रहन्छ । उनका हरेक आनिवानी तथा अभिरुचि संग संसार जान्न नचाहने कुरै भएन । ट्रम्पले चढ्ने कारको बारेमा पनि संचार माध्ययमा बेला– बेला समाचार आईरहन्छन् ।

ट्रम्पले चढ्ने कारको नाम ‘क्याडलिक बिस्ट’ रहेको छ। ७० बर्षिय ट्रम्पले चढ्ने कार निक्कै लक्जÞरी र हाइटेक प्रकारको रहेको ह्वाइट हाउसले जनाएको छ। ह्वाइट हाउसका अनुसार यस्तो प्रकारको कार राष्ट्रपति भवनमा केबल १२ वटा मात्रै रहेको छ। प्रत्येक कार बनाउन करिब मिलियन डलर लाग्ने गर्छ।

यो कारमा बम वा गोलीले कुनै पनि क्षति र्पुयाउँदैन। ट्रम्पको सुरक्षाको हिबासले निक्कै भरपर्दो मानिएको छ। यो कारको सीसा यति बलियो छ की बम वा गोलीले समेत फुटाउन सक्दैन। कारको टायरमा सिन्थेटिक फाइबर प्रयोग गरिएको छ जुन बीच बाटोमै पड्किने वा फाट्ने कुनै डर हुँदैन। यदि फाटेमा कार रिङ मात्रे पनि सजिलै गुड्न सकन गरी बनाइएको छ।

यसका साथै कारभित्रै अक्सिजनको दिन मिल्ने व्यवस्था गरिएको छ। ‘क्याडलिक बिस्ट’को तौल करिब ८ टन रहेको छ भने यसको ढोकालाई पनि मजबुत तरिकाले बनाइएको छ जसलाई कुनै प्रकारको केमिकल वा बायोलोजिकल रियाक्सनले असर गर्न सक्दैन। ९६ किलोमिटर प्रतिघण्टाको गतिमा कुद्ने यो कारमा नाइट भिजन क्यामरा, साउण्ड प्रुफ, जीपीएस ट्याकिङ, गन,

टीयर ग्यास सेल्स र स्याटालाइट कम्युनिकेशन सिस्टम समेत जडान गरिएको छ। यति मात्रै नभएर यसमा आकस्मिक सेवाका लागि भनेर ट्रम्पको ब्लड ग्रुपको दुई वटा युनिट समेत राखिएको छ। जसले ट्रम्पलाई सडकमै पनि रगत दिन सकिन्छ। यही कार यसअघि पूर्व राष्ट्रपति बाराक ओबामाले पनि यही कारको प्रयोग गरेका थिए। एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?