एकै पटक ३० जना सचिवको सरुवा, को कहाँ ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २४, २०७४
|
|
२५ पटक हेरिएको
Shares
एकै पटक ३० जना सचिवको सरुवा, को कहाँ ?

सारांश

  • काठमाडौं : सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ३० जना सचिवको एकै पटक सरुवा गरेको छ ।
  • केपी ओली नेतृत्वको सरकार बनेयता सरकारले पहलो पटक यति ठूलो संख्यामा सरकारका सचिवको सरुवा गरेको हो ।
  • सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले सरकारको नियमित कार्यअन्तर्गत मन्त्रालय व्यवस्थापन गर्ने क्रममा ३० जना सचिवको सरुवा गरिएको जानकारी दिए ।

काठमाडौं : सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ३० जना सचिवको एकै पटक सरुवा गरेको छ । केपी ओली नेतृत्वको सरकार बनेयता सरकारले पहलो पटक यति ठूलो संख्यामा सरकारका सचिवको सरुवा गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले सरकारको नियमित कार्यअन्तर्गत मन्त्रालय व्यवस्थापन गर्ने क्रममा ३० जना सचिवको सरुवा गरिएको जानकारी दिए । मन्त्री बास्कोटाका अनुसार २० चैतमा बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय व्यवस्थापन गर्ने क्रममा सचिवको सरुवा गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । सोही निर्णयअनुसार शुक्रबार सचिव सरुवाको सूची सार्वजनिक गरिएको मन्त्री बास्कोटाले जानकारी दिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रधानमन्त्री ओली शुक्रबार भारत भ्रमणमा गएलगत्तै सचिव सरुवाको सूची सार्वजनिक गरिएको थियो । सरकारले आकर्षक र शक्तिशाली मानिएको गृह मन्त्रालयको सचिवमा प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईलाई सरुवा गरेको छ । राई गृहकै अनुभवी हुन् ।

यसैगरी, सरकारले अर्को शक्तिशाली र आकर्षक मानिने अर्थ मन्त्रालयको सचिवमा अख्तियारका सचिव राजन खनाललाई सरुवा गरेको छ । यसअघि अर्थ मन्त्रालयकै राजस्वसचिव भइसकेका खनाल पनि अर्थकै अनुभवी हुन् । सरकारले गृहका सचिव मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ भने अर्थका सचिव शंकरप्रसाद अधिकारीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ ।

यसैगरी, शिक्षाकै अनुभवी खगराज बराललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ भने वनका अनुभवी डा.विश्वनाथ ओलीलाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव महेश्वर न्यौपानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।

यसैगरी, प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा, युवा तथा खेलकुदका महेश दाहाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृष्णराज विसीलाई खानेपानी मन्त्रालय, मधुसूदन अधिकारीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्जय शर्मालाई जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी, वनका युवकध्वज जिसीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी, वातावरणका प्रकाश माथेमालाई पशु विकास, नेपाल ट्रस्टका अर्जुन कार्कीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, योजना आयोगका विष्णु लम्साललाई रक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालयका शरद्चन्द्र पौडेललाई राष्ट्रिय योजना आयोग, श्रमका लक्ष्मण मैनालीलाई प्रधानमन्त्री कार्यालय, जल तथा ऊर्जा आयोगका रमेशप्रसाद सिंहलाई नेपाल ट्रस्टमा सरुवा गरिएको छ ।

यसैगरी, राष्ट्रपति कार्यालयका भूपेन्द्र पौडेललाई प्रधानमन्त्री कार्यालय र आपूर्तिका अनीलकुमार ठाकुरलाई राष्ट्रिय महिला आयोगमा सरुवा गरिएको छ । उपराष्ट्रपति कार्यालयका लालशंकर घिमिरेलाई प्रधानमन्त्री कार्यालय, प्रम कार्यालयका कृष्णराज विसीलाई खानेपानी मन्त्रालय, खानेपानीका गजेन्द्रकुमार ठाकुरलाई शिक्षा, विज्ञान तथा प्रविधि, भौतिकका देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोग, विज्ञान तथा प्रविधिका सञ्जय शर्मालाई जलस्रोत ऊर्जा तथा सिँचाइ मन्त्रालय, प्रदेश १ का कामु प्रमुख सचिव यादवप्रसाद कोइरालालाई काठमाडौं महानगरपालिका र प्रदेश ६ का प्रमुख सचिव सुरेश प्रधानलाई प्रदेश १ को प्रमुख सचिवमा सरुवा गरिएको छ ।

३ फागुनमा प्रधानमन्त्री बनेका ओलीले सचिवलाई सरुवाका लागि दौडधुप नगर्न र दौडधुप गरेको पाइए नम्बर कटौती गर्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री बनेको डेढ महिनामै ठूलो संख्यामा सचिव सरुवा गरेपछि कतिपयले निजामती क्षेत्रमा हस्तक्षेप गरेको प्रतिक्रिया दिएका छन् ।

वरिष्ठ सचिवलाई पाखा

सरकारले ३० जना सचिवको सरुवा गर्दा धेरैलाई विषय विज्ञताको आधारमा स्थान दिएको भए पनि केही वरिष्ठ सचिवलाई भने पाखा लगाएको छ । समकालीन सचिवमा सबैभन्दा वरिष्ठमध्येका अर्थसचिव शंकरप्रसाद अधिकारीलाई उपराष्ट्रपति कार्यालय र अर्का वरिष्ठ सचिव मधुप्रसाद रेग्मीलाई सार्वजनिक खरिद कार्यालयमा थन्क्याइएको छ ।

यसैगरी, सञ्चार मन्त्रालयबाट छोटो समयमै केदारबहादुर अधिकारीलाई हटाइएको छ भने रक्षाका विनोद केसीलाई पनि छोटो समयमै हटाइएको छ । सचिव सरुवामा राजनीतिक हस्तक्षेप गरिएको टिप्पणी केही प्रशासकले गरेका छन् । तर, सञ्चार राज्यमन्त्री बास्कोटाले भने सरकार परिवर्तन भएकाले सचिवलाई नै सहज हुने गरी व्यवस्थापन गरिएको दाबी गरे ।

दक्षता र विषयविज्ञतालाई स्थान

गृह, अर्थ, अख्तियार, वन, शिक्षा, कृषि, भौतिक, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, खानेपानी, सूचना तथा सञ्चारलगायत मन्त्रालयमा लगिएका सचिव भने सम्बन्धित विषयका विज्ञ र अनुभवी भएको सञ्चार राज्यमन्त्री बास्कोटाले बताए । सकेसम्म विषयविद् र काविल सचिवको छनोट गरिएको उनले दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमान दुर्घटनामा २२ नेपालीको निधन, सबैको ठेगाना पहिचान (सूचीसहित)
आगलागी बढ्दो : आगलागीबाट धनमाल क्षती
आगलागी बढ्दो : आगलागीबाट धनमाल क्षती
प्रधानमन्त्री ओलीका चीन भ्रमणका एजेण्डाहरु !
वर्षापछि धनगढी जलमग्न
वर्षापछि धनगढी जलमग्न
आज देखि मौन अवधि सुरु: आजबाट के गर्न पाइन्छ, के गर्न पाइँदैन?
आज देखि मौन अवधि सुरु: आजबाट के गर्न पाइन्छ, के गर्न पाइँदैन?
प्रधानमन्त्री देउवालाई श्रीमती आरजुले बुझाइन् ज्ञापनपत्र, के लेखिएको छ ?
प्रधानमन्त्री देउवालाई श्रीमती आरजुले बुझाइन् ज्ञापनपत्र, के लेखिएको छ ?
पूर्वप्रधानमन्त्री चन्दको गाउँमा राप्रपाले खाता खोल्यो
पूर्वप्रधानमन्त्री चन्दको गाउँमा राप्रपाले खाता खोल्यो
यसकारण सर्दैछ काँग्रेस महाधिवेशन
सुमार्गीको सम्पत्तिबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
सुमार्गीको सम्पत्तिबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा अर्याल, साउद बर्खास्त
नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा अर्याल, साउद बर्खास्त

तपाईंले छुटाउनुभयो कि?