उपप्रधानमन्त्री पोखरेलको राज्य व्यवस्था समितलाई चुनौती-हाजिर हो भन्ने ? (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २५, २०७६
|
|
५३ पटक हेरिएको
Shares
उपप्रधानमन्त्री पोखरेलको राज्य व्यवस्था समितलाई चुनौती-हाजिर हो भन्ने ? (भिडियोसहित)

सारांश

  • काठमाडौं, २५ फागुन ।
  • उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसदको राज्य व्यवस्था समितिबाट बैठकमा उपस्थिति हुनेबारे आफूलाई कुनै पत्र प्राप्त नभएको बताएका छन् ।
  • औपचारिक ढंगले चिठी दर्ता नभएको अवस्थामा बाटोमा हिंड्दा डाकेको भरमा नजाने बताए ।

काठमाडौं, २५ फागुन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसदको राज्य व्यवस्था समितिबाट बैठकमा उपस्थिति हुनेबारे आफूलाई कुनै पत्र प्राप्त नभएको बताएका छन् । औपचारिक ढंगले चिठी दर्ता नभएको अवस्थामा बाटोमा हिंड्दा डाकेको भरमा नजाने बताए । उनले भने, ‘हाजिर हो भन्ने ? समितिमा बितण्डा मच्चाइएको छ ।’

राज्य व्यवस्था समितिको कार्यशैलीप्रति पोखरेलले तिव्र असन्तुष्टि पोखे । ‘राज्य व्यवस्था समितिमा सेलिब्रिटी हुने तरिकाले काम भइरहेको छ,’ उपप्रधानमन्त्री पोखरेलले ऋषि धमलासँग प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहन्छन्मा भने, ‘औपचारिक ढंगले चिठी दर्ज भएको छैन । कस्ले कसलाई दिइयो ?’ प्रक्रिया अनुसार चलेर चिठी प्राप्त भएपछि समय मिलाएर जान सकिने समेत बताए । आफू आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा जहाँ जुनसुकै ठाउँमा प्रस्तुत हुन तयार भएको तर प्रक्रियासंगत तरिकाले हुनुपर्ने बताए ।

संसदको राज्य व्यवस्था समितिमा नेपाली सेनामा भ्रष्टाचार भएको भन्दै रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा अनुपस्थित नभएको भन्दै गत हप्ता आवाज उठिरहँदा पछिल्लो भनाई आएको हो । पोखरेलले राज्य व्यवस्था समितिमा बितण्डा मच्चाइएको आरोप लगाए ।

https://youtu.be/QvXXXuR9IOA

राज्य व्यवस्था समितिप्रति आफ्नो विश्वास र सम्मान भएपनि समितिको कार्यशैलीप्रति आलोचना गर्दै भने, ‘उहाँहरु बैठक बस्नुहोस् नबस्नुहोस् मतलब छैन । हाजिर हो भन्ने होइन समय मिलाउनुपर्छ । समय अनुकूल मिलाएर बोल्छु । राज्य व्यवस्थामा एकपटक गएको छु । बाटोमा हिंड्दा कहिले भनेर हुँदैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाले आज चियापान कार्यक्रम गर्दै
राप्रपाले आज चियापान कार्यक्रम गर्दै
ढुङ्गामुढा र हडताल गर्ने होइन कांग्रेस असल प्रतिपक्ष : प्रवक्ता शर्मा
ढुङ्गामुढा र हडताल गर्ने होइन कांग्रेस असल प्रतिपक्ष : प्रवक्ता शर्मा
मेलम्चीको पानी राजधानीमा वितरण गर्न हुदैँछ यस्तो तयारी
मेलम्चीको पानी राजधानीमा वितरण गर्न हुदैँछ यस्तो तयारी
राष्ट्रियसभा निर्वाचनमा भाग लिने दललाई चुनाव चिह्न प्रदान
राष्ट्रियसभा निर्वाचनमा भाग लिने दललाई चुनाव चिह्न प्रदान
गोठाटारमा गोली लागेका मोहम्मदको मृत्यु
गोठाटारमा गोली लागेका मोहम्मदको मृत्यु
केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनमै ३५ अर्ब रुपैयाँ लाग्ने
केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनमै ३५ अर्ब रुपैयाँ लाग्ने
रेलमार्गको ठेक्का प्रकरणमा लालु यादवविरुद्ध भ्रष्टाचार मुद्दा
रेलमार्गको ठेक्का प्रकरणमा लालु यादवविरुद्ध भ्रष्टाचार मुद्दा
कान्तिपुर क्याम्पसमा शिक्षकको अभाव, आन्दोलनमा उत्रिए विद्यार्थी
कान्तिपुर क्याम्पसमा शिक्षकको अभाव, आन्दोलनमा उत्रिए विद्यार्थी
गरिमा धानको नक्कली बीउ पीडितले अझै पाएनन् क्षतिपुर्ति
गरिमा धानको नक्कली बीउ पीडितले अझै पाएनन् क्षतिपुर्ति
ऐश्वर्यबाट चर्चा कमाएकि नायिका दीपिका प्रसाईका यि हुन रिएल हिराे !
ऐश्वर्यबाट चर्चा कमाएकि नायिका दीपिका प्रसाईका यि हुन रिएल हिराे !