द्वन्द्व विश्व शान्तिका लागि समस्या : अध्यक्ष ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ११, २०८०
|
|
२३ पटक हेरिएको
Shares
द्वन्द्व विश्व शान्तिका लागि समस्या : अध्यक्ष ओली

सारांश

  • काठमाडाैं ।
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व विश्व शान्तिका लागि समस्या भएको बताएका छन् ।
  • लतिलपुर च्यासलस्थित पार्टी मुख्यालयमा आज वल्र्ड पिस काउन्सिलका दक्षिण एसियाका प्रतिनिधिसँगको अन्तक्र्रियामा उहाँले केही देशमा भइरहेको द्वन्द्व विश्व शान्तिका लागि चुनौतीका रूपमा रहेकोे बताए ।

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व विश्व शान्तिका लागि समस्या भएको बताएका छन् । लतिलपुर च्यासलस्थित पार्टी मुख्यालयमा आज वल्र्ड पिस काउन्सिलका दक्षिण एसियाका प्रतिनिधिसँगको अन्तक्र्रियामा उहाँले केही देशमा भइरहेको द्वन्द्व विश्व शान्तिका लागि चुनौतीका रूपमा रहेकोे बताए ।

‘कतिपय ठूला देशले अन्य मुलुकमा द्वन्द्व र तनाव सिर्जना थप्ने काम गरेका छन्’, उनले भने, ‘जसले गर्दा विश्व शान्ति स्थापना गर्न चुनौती भएको छ ।’ उनले आफूहरूले शान्ति स्थापना गर्न लागिपरेको बताउँदै नेपाल द्वन्द्व र हिंसाको पक्षधर नबन्ने बताए । अध्यक्ष ओलीले अहिले गरिबी र भोकमरीले मानिसले शान्तिको अनुभूति गर्न नसकेको भन्दै मानिसलाई गरिबी र भोकमरीबाट मुक्त गर्नुपर्नेमा जोड दिए ।

उनले मानवअधिकार, सामाजिक न्याय र भयरहित वातावरणमा बाँच्न पाउनुपर्ने मानिसको अधिकार भएको बताउँदै नेपालमा महिला अधिकारका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि भएको बताए । अध्यक्ष ओलीले काउन्सिललाई विश्व शान्ति स्थापनाका लागि प्रभावकारीरूपमा काम गर्न आग्रह गरे । नेपाल पिस एन्ड सोलिडारिटी काउन्सिलका संयोजक रवीन्द्र अधिकारीले शान्तिका लागि राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङ,अछाम,गुल्मी,इटहरी को ताजा पारीणाम
मोरङ,अछाम,गुल्मी,इटहरी को ताजा पारीणाम
Disney v the LA Times: What’s the story?
Disney v the LA Times: What’s the story?
बागलुङको छुर्पी अमेरिका निर्यात
बागलुङको छुर्पी अमेरिका निर्यात
धनगढीका व्यस्त सडकमा पार्किङ गर्न रोक
धनगढीका व्यस्त सडकमा पार्किङ गर्न रोक
कारोबारको पहिलो दिन २४ सय विन्दुभन्दा तल झर्यो नेप्से
कारोबारको पहिलो दिन २४ सय विन्दुभन्दा तल झर्यो नेप्से
अपडेट–आयो २७२ स्थानको नतिजा, कांग्रेसलाई शतक, एमालेको अग्रता
अपडेट–आयो २७२ स्थानको नतिजा, कांग्रेसलाई शतक, एमालेको अग्रता
भ्रष्टाचारीप्रति निर्मम हुनुपर्छ भन्ने प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरणलाई प्राथमिकता देलिन्?
भ्रष्टाचारीप्रति निर्मम हुनुपर्छ भन्ने प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरणलाई प्राथमिकता देलिन्?
प्रादेशिक संरचनाभित्र रहेका संयन्त्रहरुलाई प्रभावकारी बनाउन मेरो उम्मेदवारी
प्रादेशिक संरचनाभित्र रहेका संयन्त्रहरुलाई प्रभावकारी बनाउन मेरो उम्मेदवारी
लोकतन्त्र खतरामा छैन नेपाली काङ्ग्रेस खतरामा छ – नेता हृदयेश त्रिपाठी
लोकतन्त्र खतरामा छैन नेपाली काङ्ग्रेस खतरामा छ – नेता हृदयेश त्रिपाठी
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, कतारमा कोमामा रहेकालाई नेपाल फर्काउने विषयमा छलफल
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, कतारमा कोमामा रहेकालाई नेपाल फर्काउने विषयमा छलफल

तपाईंले छुटाउनुभयो कि?