अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १२, २०८०
|
|
३५ पटक हेरिएको
Shares
अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

सारांश

  • काठमाडौँ ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।
  • अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।

अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सेडाइँका अनुसार सर्भर डाउन भए पनि ‘मेनुअल’रुपमा अन्तर्राष्ट्रिय यात्रु व्यवस्थापन भइरहेको छ । अहिले सर्भर मर्मतको काम पनि भइरहेको छ ।

“अध्यागनको सर्भर डाउन भएकाले मेनुअलरुपमा यात्रु व्यवस्थापन गरी सेवालाई निरन्तरता दिइएको छ”, प्रमुख सेडाइँले भने।

विमानस्थल कार्यालयले पनि अध्यागमनको सर्भर डाउनले अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको र मेनुअलरुपमा उडान सेवालाई निरन्तरता दिइएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?