गोकर्णदेखि पशुपति आर्यघाटसम्मको ढल व्यवस्थापन गर्न माग

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ८, २०७९
|
|
३७ पटक हेरिएको
Shares
गोकर्णदेखि पशुपति आर्यघाटसम्मको ढल व्यवस्थापन गर्न माग

सारांश

  • काठमाडौँ ।
  • बाग्मती सफाइ महाअभियानले गोकर्ण ड्यामदेखि पशुपति आर्यघाटसम्मको ढल पूर्णरुपमा व्यवस्थापन गर्न सरकारसमक्ष माग गरेको छ ।
  • बाग्मती सफाइ महाअभियानले ५०६औँ हप्ता पूरा गर्दा पनि मुहान क्षेत्रकै नदी सफाइ हुन नसकेपछि उक्त माग गरिएको हो ।

काठमाडौँ । बाग्मती सफाइ महाअभियानले गोकर्ण ड्यामदेखि पशुपति आर्यघाटसम्मको ढल पूर्णरुपमा व्यवस्थापन गर्न सरकारसमक्ष माग गरेको छ । बाग्मती सफाइ महाअभियानले ५०६औँ हप्ता पूरा गर्दा पनि मुहान क्षेत्रकै नदी सफाइ हुन नसकेपछि उक्त माग गरिएको हो ।

महाअभियानले पशुपति क्षेत्रसम्म नदीको दुवै किनारमा सफाइ छिटो गर्न पनि सहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएको छ । पशुपति क्षेत्रसम्म बाग्मती नदीमा सफा पानी बगाउने उद्देश्यले अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति स्थापना भएको ३० वर्ष पूरा हुँदा पनि काम सम्पन्न हुनसकेको छैन ।

सहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बाग्मती समितिको कार्यालयअघिबाट गौरीघाटसम्म पनि सफाइ गर्नुपर्नेमा जोड दिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई बताउनुभयो ।

गुह्येश्वरीदेखि गौरीघाटसम्मको उत्तरी भागमा जोडिएको सडक कालोपत्रे, गोकर्णदेखि गुह्येश्वरीघाटसम्म भकारी निर्माण र गुह्येश्वरीबाट गौरीघाटसम्मको सडकमा बत्तीको व्यवस्था गर्न पनि महाअभियानले माग गरेको छ । महाअभियानले प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा बागती सफाइ महाअभियान चलाउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदातालाई धन्यवाद दिदै गगन थापाले भने, “कांग्रेसका लागि ठूलो दुर्घटना,अब कांग्रेस यसरी चल्दैन”
मतदातालाई धन्यवाद दिदै गगन थापाले भने, “कांग्रेसका लागि ठूलो दुर्घटना,अब कांग्रेस यसरी चल्दैन”
ओलीले भने : नीति तथा कार्यक्रम यथार्थपरक छैन
ओलीले भने : नीति तथा कार्यक्रम यथार्थपरक छैन
कोख भाडामा दिएर अरबीका लागि सन्तान जन्माउँदै नेपाली महिला
कोख भाडामा दिएर अरबीका लागि सन्तान जन्माउँदै नेपाली महिला
पोखरा प्रिमियर लिग: पोखरा पल्टन दाेस्राे चरणमा प्रवेश
पोखरा प्रिमियर लिग: पोखरा पल्टन दाेस्राे चरणमा प्रवेश
Reliability Features of Antivirus Software
संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो: प्रचण्ड
संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो: प्रचण्ड
ओली र नेपालबीचको मनमुटाव उत्कर्षमा, बोलचाल नै बन्द
ओली र नेपालबीचको मनमुटाव उत्कर्षमा, बोलचाल नै बन्द
मोहनविक्रम, मोहन वैद्य र विप्लव एकै ठाउँमा, गरे संयुक्त संघर्षको घोषणा
मोहनविक्रम, मोहन वैद्य र विप्लव एकै ठाउँमा, गरे संयुक्त संघर्षको घोषणा
स्थलगत अनुगमनका लागि माधवकुमार नेतृत्वको टोली हेलिकप्टरबाट नओर्ली आकाशबाटै फर्किएपछि..
स्थलगत अनुगमनका लागि माधवकुमार नेतृत्वको टोली हेलिकप्टरबाट नओर्ली आकाशबाटै फर्किएपछि..
युरोकप फुटबलः इङ्ल्याण्ड समूह विजेता बन्दै अन्तिम १६ मा
युरोकप फुटबलः इङ्ल्याण्ड समूह विजेता बन्दै अन्तिम १६ मा

तपाईंले छुटाउनुभयो कि?