इयु निर्वाचन प्रतिवेदनमा काँग्रेसको आपत्ति

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
३३ पटक हेरिएको
Shares
इयु निर्वाचन प्रतिवेदनमा काँग्रेसको आपत्ति

सारांश

  • काठमाडौँ, १२ चैत , प्रमुख विपक्षी दल नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा युरोपियन युनियन ९इयु०को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलको प्रतिवेदनमाथि छलफल भएको छ ।
  • आजको बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले इयु निर्वाचन प्रर्यवेक्षण प्रतिनिधिमण्डलमाथि काँग्रेसले आधिकारीक धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभएको थियो ।
  • इयु निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गरेको पर्यवेक्षणका सम्बन्धमा प्रतिवेदन केही दिन अघि सार्वजनिक गरेको थियो ।

काठमाडौँ, १२ चैत , प्रमुख विपक्षी दल नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा युरोपियन युनियन ९इयु०को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलको प्रतिवेदनमाथि छलफल भएको छ ।

आजको बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले इयु निर्वाचन प्रर्यवेक्षण प्रतिनिधिमण्डलमाथि काँग्रेसले आधिकारीक धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभएको थियो । इयु निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गरेको पर्यवेक्षणका सम्बन्धमा प्रतिवेदन केही दिन अघि सार्वजनिक गरेको थियो ।

उक्त प्रतिवेदनका केही बुँदाले नेपालको संविधानका प्रावधानका बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै आलोचना भइरहेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सम्पन्न भएसँगै पार्टीले त्यसबारेमा आधिकारीक धारणा सार्वजनिक गरिने जानकारी गराउनुभयो ।

उहाँले इयु प्रतिनिधिमण्डलको प्रतिवेदनका केही अंशप्रति आपत्ति जनाउँदै क्षेत्राधिकार नाघेर प्रतिवेदन आएको आरोप लगाउनुभयो । तेस्रो दिनको आजको बैठकमा गोविन्द भट्टराई, रमेश लेखक, डा डिला संग्रौला र लक्ष्मी परियारले धारणा राख्नुभएको थियो ।

प्रतिनिधिसभाको बैठकका कारण आजको काँग्रेस बैठक स्थगित भई पुनः अपराह्न बस्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्व.सुवासचन्द्र नेम्वाङलाई पार्टीका नेताहरुद्वारा श्रद्धाञ्जली अपर्ण  (फोटोफिचर)
स्व.सुवासचन्द्र नेम्वाङलाई पार्टीका नेताहरुद्वारा श्रद्धाञ्जली अपर्ण (फोटोफिचर)
अमेरिकी चुनावः बाइडेनको अग्रता कायमै
अमेरिकी चुनावः बाइडेनको अग्रता कायमै
पालेको छेपारोले मालिकको लियो ज्यान
पालेको छेपारोले मालिकको लियो ज्यान
नेपाल वायुसेवा निगमका महाप्रवन्धक कंसाकारको गैरजिम्मेवारपनले यात्रुहरु अलपत्र !
नेपाल वायुसेवा निगमका महाप्रवन्धक कंसाकारको गैरजिम्मेवारपनले यात्रुहरु अलपत्र !
‘कोरोना भए ममता बेनीर्जीलाई अंकमाल गर्छु’ भन्ने भाजपा नेतालाई कोरोना संक्रमण
‘कोरोना भए ममता बेनीर्जीलाई अंकमाल गर्छु’ भन्ने भाजपा नेतालाई कोरोना संक्रमण
राष्ट्रपति बिद्यादेवी भण्डारी पाथीभरा दर्शनबाट बञ्चित
राष्ट्रपति बिद्यादेवी भण्डारी पाथीभरा दर्शनबाट बञ्चित
नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातमा पनि खुल्ला
नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातमा पनि खुल्ला
पीपीएल क्रिकेटः रोमाञ्चक खेलमा चितवनको जित, काठमाडाैँकाे पहिलाे हार !
पीपीएल क्रिकेटः रोमाञ्चक खेलमा चितवनको जित, काठमाडाैँकाे पहिलाे हार !
राष्ट्रिय महिला भलिबल: न्यू डायमन्ड र पश्चिमाञ्चल विजयी
राष्ट्रिय महिला भलिबल: न्यू डायमन्ड र पश्चिमाञ्चल विजयी
पोखरा आसपासमा चरा पर्यटन
पोखरा आसपासमा चरा पर्यटन