ज्येष्ठ नागरिकको भत्ता बढाउने प्रचण्डको घोषणा, मन्त्रीमण्डलकाे बारे भने यस्ताे

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
ज्येष्ठ नागरिकको भत्ता बढाउने प्रचण्डको घोषणा, मन्त्रीमण्डलकाे बारे भने यस्ताे

सारांश

  • विराटनगर, १९ कात्तिक ।
  •   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल हेरफेरको समय  नभएको बताएका छन्।
  • विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले यही मन्त्रिमण्डलले गियर बदलेर काम गर्ने बताए ।

विराटनगर, १९ कात्तिक ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल हेरफेरको समय  नभएको बताएका छन्। विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले यही मन्त्रिमण्डलले गियर बदलेर काम गर्ने बताए ।  केही महिनाभित्रै जनतालाई सरकारका कार्यको अनुभुति हुने दाबी प्रचण्डले गरे। उद्देश्यअनुरुप तयारीको कामलाई राम्रैसँग अघि बढाएको भन्दै उनले सरकारका कामको बचाउ गरे। उनले भने, ‘छिमेकीसँगको सम्बन्धमा सुदृढको विषय ऐतिहासिक परिघटना भएको छ।’

हिलो–मैलोले सरकारको गियर एक नम्बरमा रहेको बताउँदै उनले भने, ’अब गियर बदलिन्छ। घोषणापत्रमा भनेअनुसारका कार्य पाँच वर्षमा पुरा हुन्छ।’ पार्टी एकीकरणमा आएको ढिलाइबारे प्रचण्डले केन्द्रमा विवाद भएर पार्टी एकीकरणमा ढिलो नभएको स्पष्टीकरण दिए। उनले भने, ‘समस्या भएर ढिलो भएको होइन। पछि समस्या नआओस् भनी ढिलो गरिएको हो।’  प्रदेश नेतृत्व चयनपछि पार्टीमा भएको विवादबारे छलफलबाट निचोड निस्कने बताए। उनले भने, ‘प्रदेशको नेतृत्व प्रदेशको स्थितिअनुसार कहाँ के गर्दा उपयुक्त भनी बनाइएको हो।

प्रचण्डले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । तत्कालिन एमाले र माओवादीले चुनावमा वृद्धहरुका लागि भत्ता बढाउने चुनावी घोषणा गरे पनि भत्ता नबढाइएपछि ज्येष्ठ नागरिकहरु सरकारसँग रुष्ट बनेका थिए । अध्यक्ष प्रचण्डले आगामी आर्थिक वर्षको बजेटबाट ज्येष्ठ नागरिकका लागि भत्ता बढाउने घोषणा गरेका हुन् । चुनावमा जाँदा वृद्धवृद्धाको भत्ता बृद्धि गर्ने भनेपनि वृद्धभत्ता नदिँदा ‘बुढाबुढी’हरु रिसाएको सोमवार मोरङको विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले बताए । प्रचण्डले चालू आर्थिक वर्षमै पनि बृद्धभत्ता बढाउने विषयमा छलफल चलिरहेको बताए ।

अध्यक्ष प्रचण्डले जनतालाई ठूला–ठूला योजना र रणनीतिक महत्वका योजनाको विषयमा बिस्तारै बुझाउँदै लगेपनि अहिलेका लागि सडकका खाल्डाखुल्टी पुर्ने कामलाई सरकारले प्राथमिकता दिने बताए । ‘प्रधानमन्त्री र मेरोबीचमा कुरा भएको छ । सडकका खाल्डा खुल्टी अब छिट्टै पुरिँदै छन्,’ प्रचण्डले भने, ‘सडकका खाल्डाखुल्टी पुरिएपछि कांग्रेसको विरोध गर्ने बाटो पनि बन्द हुन्छ । त्यसपछि कांग्रेसले के भन्दो रहेछ हेरौंला ।’

पार्टी एकताको विषय छिटोभन्दा छिटो टुंग्याइने अध्यक्ष प्रचण्डको भनाइ थियो । आफूले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल भएको प्रचण्डले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेडियो सम्पदा ९०.५ मेगाहर्जद्वारा समाजसेवी मन्जु खाँड सम्मानित
रेडियो सम्पदा ९०.५ मेगाहर्जद्वारा समाजसेवी मन्जु खाँड सम्मानित
रौतहटमा राजपाका बागी ‘बाख्रा’ छापले जिते
रौतहटमा राजपाका बागी ‘बाख्रा’ छापले जिते
प्रचण्डको प्रस्तावलाई प्रम ओलीको जवाफी प्रस्ताव तयार, आजको बैठकमा पेश हुने
वैदेशिक रोजगारीमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा
वैदेशिक रोजगारीमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा
विश्व शान्तिको कामना गर्दै ञिमा मोन्लाम
विश्व शान्तिको कामना गर्दै ञिमा मोन्लाम
चारपटक प्रधानमन्त्री भएका देउवालाई प्रदीप पौडेलको यस्तो खरो प्रश्न
चारपटक प्रधानमन्त्री भएका देउवालाई प्रदीप पौडेलको यस्तो खरो प्रश्न
दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा
दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा
निर्वाचित भएको एक वर्षमा सांसद बस्नेतले दिए शुभकामनासहित आफूले थालेका कामको जानकारी
निर्वाचित भएको एक वर्षमा सांसद बस्नेतले दिए शुभकामनासहित आफूले थालेका कामको जानकारी
देउवालाई बधाई दिँदै राजपा नेताले भने- बाचा पूरा गर्नुस्, अनिमात्र चुनावमा आउँछौं
देउवालाई बधाई दिँदै राजपा नेताले भने- बाचा पूरा गर्नुस्, अनिमात्र चुनावमा आउँछौं
विद्युत् चुहावट गर्ने ७८ लाई कारवाही

तपाईंले छुटाउनुभयो कि?