अमेरिकन ग्रिन कार्ड प्रतिक्षाको समय घटाउन माग

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १४, २०८०
|
|
१९ पटक हेरिएको
Shares
अमेरिकन ग्रिन कार्ड प्रतिक्षाको समय घटाउन माग

सारांश

  • वासिंग्टन डिसी।
  • अमेरिकामा ग्रीन कार्ड आवेदकहरूले अब लामो प्रतीक्षा गर्नु पर्ने सिमा घट्ने भएको छ।
  • अमेरिकी सांसदहरूको एक समूहले राष्ट्रपति जो बाइडेनको प्रशासनलाई ग्रीन कार्डका लागि आवेदन दिने १५० वर्ष पुरानो ब्याकलोग हटाउन माग गर्दै पत्र लेखेका छन्, जसकाकारण ग्रिन कार्ड प्रतिक्षाको समयसिमा घटने देखिएको हो।

वासिंग्टन डिसी। अमेरिकामा ग्रीन कार्ड आवेदकहरूले अब लामो प्रतीक्षा गर्नु पर्ने सिमा घट्ने भएको छ।

अमेरिकी सांसदहरूको एक समूहले राष्ट्रपति जो बाइडेनको प्रशासनलाई ग्रीन कार्डका लागि आवेदन दिने १५० वर्ष पुरानो ब्याकलोग हटाउन माग गर्दै पत्र लेखेका छन्, जसकाकारण ग्रिन कार्ड प्रतिक्षाको समयसिमा घटने देखिएको हो।

भारतीय मूलका सांसदहरू राजा कृष्णमूर्ति र ल्यारी बुचसन लगायत ५६ सांसदहरूले विदेशमन्त्री एन्टोनी ब्लिन्केन र होमल्याण्ड सेक्युरिटी मन्त्री अलेजान्ड्रो मेयोर्कासलाई पत्र लेखेका छन् र रोजगार उन्मुख उच्च सीप भएका पेशेवरहरूलाई राहत दिन तत्काल कदम चाल्न माग गरेका छन्। यी सांसदहरूमा अमेरिकाको सत्तारुढ डेमोक्र्याटका साथै विपक्षी रिपब्लिकनहरू पनि पर्छन्।

कन्सुलर अफेयर्स ब्यूरोले प्रकाशित गरेको रोजगारीमा आधारित भिसा बुलेटिनमा ‘अर्जेन्ट’ भनी रोजगारीमा आधारित भिसा आवेदन प्रकाशित गर्न पनि सांसदहरुले आग्रह गरेका छन्।

ग्रीन कार्ड मूलतः स्थायी निवासी कार्ड भनेर चिनिन्छ। यो अमेरिका आउने अन्य देशका नागरिकहरूलाई जारी गरिन्छ। ग्रीन कार्ड भनेको यसको धारकलाई संयुक्त राज्य अमेरिकामा स्थायी बसोबास प्रदान गरिएको ग्यारेन्टी हो।

अमेरिकाले रोजगारीमा आधारित ग्रीन कार्डका लागि ७ प्रतिशतको सीमा तोकेको छ। भारतजस्ता देशले यसको पीडा भोगिरहेका छन्, जहाँ ब्याकलग अचम्मको १९५ वर्षमा पुगेको छ।

फाउन्डेसन फर इन्डिया र इन्डियन डायस्पोरा स्टडिजले राष्ट्रपति जो बाइडेनलाई छुट्टाछुट्टै पत्र लेखेर समस्या समाधानको माग गरेको छ। संस्थाका खंडेराव काण्डले यो असमान ब्याक लोगले भारतीय प्रविधि व्यवसायी र अन्य प्रतिभाशाली पेशाकर्मीलाई मारमा परेको बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?