सञ्चालकले शेयर बिक्री गर्न नपाउने व्यवस्थाप्रति चेम्बरको अर्थमन्त्रीलाई ध्यानाकर्षण

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १४, २०८०
|
|
२४ पटक हेरिएको
Shares
सञ्चालकले शेयर बिक्री गर्न नपाउने व्यवस्थाप्रति चेम्बरको अर्थमन्त्रीलाई ध्यानाकर्षण

सारांश

  • काठमाडौँ ।
  • सञ्चालकहरूले आफ्नो स्वामित्वमा भएको शेयरलाई पदबाट हटेको एक वर्षसम्म बिक्री गर्न नपाउने नेपाल धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाप्रति नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री डा प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ ।
  • सिंहदरबारमा अर्थमन्त्री महतलाई आज ध्यानाकर्षणपत्र बुझाउँदै चेम्बरले धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अव्यावहारिक र व्यवसायीलाई मर्कामा पार्ने खालको रहेको बताएको हो ।

काठमाडौँ । सञ्चालकहरूले आफ्नो स्वामित्वमा भएको शेयरलाई पदबाट हटेको एक वर्षसम्म बिक्री गर्न नपाउने नेपाल धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाप्रति नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री डा प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ ।

सिंहदरबारमा अर्थमन्त्री महतलाई आज ध्यानाकर्षणपत्र बुझाउँदै चेम्बरले धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अव्यावहारिक र व्यवसायीलाई मर्कामा पार्ने खालको रहेको बताएको हो ।

धितोपत्र बोर्डबाट जारी भएको सूचीकृत एवं सङ्गठित संस्थाहरूको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७५ को दफा १४ को उपदफा ६ मा कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था गरेको छ । कुनै पनि व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितिमा उद्योग व्यवसायको विविधीकरण र विस्तारमा समेत असर गर्ने चेम्बरले जनाएको छ ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लले धितोपत्र बोर्डको पछिल्लो निर्णयले कतिपय अवस्थामा घरायसी कार्यमा समेत अवरोध आउन सक्ने भएकाले सच्याउनका लागि पहल गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए । बोर्डको निर्णयले व्यवसायीहरूलाई मर्कामा पार्ने अध्यक्ष मल्लको भनाइ छ ।

सञ्चालकले आफ्नो स्वामित्वमा भएको शेयरलाई पदबाट हटेको एक वर्षसम्म पनि बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी जुनसुकै समय बिक्री गर्न पाउने व्यवस्था गर्न चेम्बरले अग्रह गरेको हो । बोर्डले गरेको व्यवस्था भारतलगायत अन्य कुनै पनि राष्ट्रमा प्रचलनमा नरहेको अध्यक्ष मल्लको भनाइ छ ।

आफूसँग रहेको शेयरको कम्तीमा ५० प्रतिशत हिस्सा बिक्री गर्ने व्यवस्था मिलाउनका लागि पहल गर्न चेम्बरले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । चेम्बरको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री डा महतले चेम्बरले गराएको ध्यानाकर्षणप्रति आफू सकारात्मक रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोरु जुधाइ : मनोरञ्जनको माध्यमदेखि विजयोत्सवको गाथा
गोरु जुधाइ : मनोरञ्जनको माध्यमदेखि विजयोत्सवको गाथा
प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छः प्रधानमन्त्री प्रचण्ड
प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छः प्रधानमन्त्री प्रचण्ड
उपचार अभावमा छट्पटाउँदै संखुवासभाका भुजेल
उपचार अभावमा छट्पटाउँदै संखुवासभाका भुजेल
अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने यस्ता छन् सरकारको निर्णय
अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने यस्ता छन् सरकारको निर्णय
टेम्पो चलाएर मासिक ५० हजार कमाइ
टेम्पो चलाएर मासिक ५० हजार कमाइ
भ्लादिमिर पुटिन र सी जिन्पिङबीच भेट, युक्रेन मामिलालाई लिएर रुसी राष्ट्रपतिद्वारा चीनको प्रशंसा
भ्लादिमिर पुटिन र सी जिन्पिङबीच भेट, युक्रेन मामिलालाई लिएर रुसी राष्ट्रपतिद्वारा चीनको प्रशंसा
सभापति देउवा विरुद्ध कांग्रेस कार्यकर्ताले गरे उजुरी
सभापति देउवा विरुद्ध कांग्रेस कार्यकर्ताले गरे उजुरी
गोरखा पुगेर झलनाथ भने, ‘टीका लगाउनुस्, प्रसाद खानुस्, छिटो बढुवा हुन्छ’
गोरखा पुगेर झलनाथ भने, ‘टीका लगाउनुस्, प्रसाद खानुस्, छिटो बढुवा हुन्छ’
इजरायलको आक्रमणमा दुई इरानी सेनाको मृत्यु
इजरायलको आक्रमणमा दुई इरानी सेनाको मृत्यु
पोखरामा अटलबहादुरको आतंक !
पोखरामा अटलबहादुरको आतंक !

तपाईंले छुटाउनुभयो कि?