बाँदरले बस्ती नै उठायो !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • भोजपुर, ११ मंसिर ।
  •  ‘बाँदरको हातमा नरिवल’ भन्ने नेपालीमा एउटा भनाइ नै छ ।
  • यो भनाइ त्यतिकै बनाइएको पक्कै होइन जबकि बाँदरको चक्कचक्कका कारण यहाँको एउटा बस्ती नै विस्थतापित हुनु परेको छ ।

भोजपुर, ११ मंसिर । ‘बाँदरको हातमा नरिवल’ भन्ने नेपालीमा एउटा भनाइ नै छ । यो भनाइ त्यतिकै बनाइएको पक्कै होइन जबकि बाँदरको चक्कचक्कका कारण यहाँको एउटा बस्ती नै विस्थतापित हुनु परेको छ ।  बाँदरको आतंक बढेकै कारण भोजपुर रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका स्थानीयबासी समस्यामा त परेका छन् नै, बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका छन् । बाँदरले बस्तीमा पसेर दुःख दिन थालेपछि गाउँका तल्लो भेगका करीब आठदेखि १० घर परिवारले गाउँ नै छाडेका छन् ।

विगतका वर्षमा कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरि नै बाँदरको आतंक बढेको स्थानीय टेकबहादुर तामाङले बताएका छन् । उनका अनुसार तल्लो भेगका मानिस अन्यत्र गएपछि अहिले माथिल्लो भेगमा समेत समस्या भएको छ । परिवारका एकदेखि दुई जनाको त बाँदर हेर्दैमा दिन बित्ने गरेको छ । सरकारले बाँदरलाई मार्न नदिएपछि झनै  समस्या भएको स्थानीयबासीको गुनासो छ । सोही ठाउँका तीर्थबहादुर प्रधानका अनुसार बाँदरको उपद्रो बढ्दै गएपछि बस्ती आतंकित छ । एक घण्टा मात्र बाँदर बालीमा पस्न पायो भने वर्षभरि खाने अन्न छिनभरमै खाइदिन्छ, जसले गर्दा नि यसबाट यहाँको बस्ती नै आतंकित बनेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?