भोलिदेखि माओवादी केन्द्रीय समितिको बैठक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १६, २०८०
|
|
३६ पटक हेरिएको
Shares
भोलिदेखि माओवादी केन्द्रीय समितिको बैठक

सारांश

  • काठमाडौँ ।
  • सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोलिदेखि राजधानीमा सुरु हुँदैछ ।
  • बिहान ११ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको उद्घाटन गर्ने कार्यक्रम छ ।

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोलिदेखि राजधानीमा सुरु हुँदैछ ।

बिहान ११ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको उद्घाटन गर्ने कार्यक्रम छ । बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ । अध्यक्ष दाहाल गत पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकारले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणको कामलाई तीव्रताका साथ अगाडि बढाएको छ ।

बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ बैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय जना सहभागी हुनेछन् ।

बैठकको सम्पूर्ण तयारी पूरा भएको सचिव उपाध्यायले जानकारी दिए । माओवादीले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारीसमेत गरेको छ । बैठकमा प्रत्येक सदस्यले प्रतिवेदनमाथि आधारित रहेर धारणा राख्ने गरी कार्यक्रम तय भएको उनले बताए ।

बैठकको कार्यसूचीलगायतलाई पूर्णता दिन भोलि बिहान माओवादीको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुस्त श्रवण भएका बालबालिकालाई कम्मल वितरण
सुस्त श्रवण भएका बालबालिकालाई कम्मल वितरण
एसपीसी सम्झौतबारे प्रधानमन्त्रीले तत्काल सदनलाई जवाफ दिनुपर्छ : गगन थापा
एसपीसी सम्झौतबारे प्रधानमन्त्रीले तत्काल सदनलाई जवाफ दिनुपर्छ : गगन थापा
कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै
कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै
पाँच दलका शीर्ष नेताहरुको अपिल : ठाउँ र अवस्थाअनुसार तालमेल गर्नुस्
पाँच दलका शीर्ष नेताहरुको अपिल : ठाउँ र अवस्थाअनुसार तालमेल गर्नुस्
बसाइँसराइ रोक्न स्थानीय तहलाइ चुनौती
बसाइँसराइ रोक्न स्थानीय तहलाइ चुनौती
आज कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन, पितालाई विशेष सम्मान गरी मनाइँदै
आज कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन, पितालाई विशेष सम्मान गरी मनाइँदै
युएइले ९ महिनाकी एक बालिकाको लागि देशको कानुन नै परिवर्तन गर्यो
युएइले ९ महिनाकी एक बालिकाको लागि देशको कानुन नै परिवर्तन गर्यो
राजधानीको एक बस्तीमा भुतप्रेत, विश्वास नलागे क्यामेरामै रेकर्ड भएको यो भिडियो हेर्नुहोस्
राजधानीको एक बस्तीमा भुतप्रेत, विश्वास नलागे क्यामेरामै रेकर्ड भएको यो भिडियो हेर्नुहोस्
विदेशी कामदारका लागि कतारको ६ बुँदे मार्गनिर्देशन, के के भयो सुधार?
विदेशी कामदारका लागि कतारको ६ बुँदे मार्गनिर्देशन, के के भयो सुधार?
वित्तीय क्षेत्रमा उल्लेखनीय सुधार भएको अर्थमन्त्रीको दावीमा कत्तिको सहमत हुनुहुन्छ ?

तपाईंले छुटाउनुभयो कि?