सी आउँदा र जाँदा विमानस्थल बन्द

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २५, २०७६
|
|
४० पटक हेरिएको
Shares
सी आउँदा र जाँदा विमानस्थल बन्द

सारांश

  • काठमाडौं।
  • चिनियाँ राष्ट्रपति सी जिनपिङ आउने र जाने समय त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अन्तर्रा्ष्ट्रिय उडान तथा अवतरण रोकिने भएको छ।
  • उडान तथा अवतरण रोकिँदा विभिन्न विमान कम्पनीको तोकिएको उडान तालिका पछाडि सारिएको छ।

काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङ आउने र जाने समय त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अन्तर्रा्ष्ट्रिय उडान तथा अवतरण रोकिने भएको छ। उडान तथा अवतरण रोकिँदा विभिन्न विमान कम्पनीको तोकिएको उडान तालिका पछाडि सारिएको छ।

शनिबार उडान तथा अवतरण स्थगित हुँदा ३३ वटा उडान तालिका परिवर्तन हुने भएका छन्। उडान तालिका प्रभावित हुने एयरलाइन्समा नेपाल एयरलाइन्सदेखि एयर अरेवियासम्म छन्। विमानस्थलका अनुसार, तालिका परिवर्तन भएका विमानहरूलाई अन्य समयमा मिलाएर उडाइने छ।

त्यस्तै, चिनियाँ राष्ट्रपति फर्किने दिन आइतबार बिहान पनि विमानस्थलको अन्तर्रा्ष्ट्रिय उडान रोकिने भएको छ। त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका प्रवक्ता तिवारीका अनुसार, आइतबार बिहान ११ः२० देखि १३ः५० बजेसम्म अन्तर्रा्ष्ट्रिय उडानका विमानहरूको उडान प्रभावित हुनेछ। जसका कारण ५४ विमानको उडान प्रभावित हुने विमानस्थलले जनाएको छ।

राष्ट्रपति सी शनिबार अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेर आइतबार बिहान स्वदेश फर्कने तालिका छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?