सुन प्रकरणका आरोपीको म्याद मिलान, सात दिन हिरासतमा राख्न अनुमति

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २२, २०८०
|
|
१७ पटक हेरिएको
Shares
सुन प्रकरणका आरोपीको म्याद मिलान, सात दिन हिरासतमा राख्न अनुमति

सारांश

  • काठमाडौँ ।
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० ले अनुसन्धान थालेपछि आज एक सय किलो सुन तस्करी प्रकरणका आरोपीको म्याद मिलान गरिएको छ ।
  • राजस्व अनुसन्धान विभागको हिरासतमा रहँदा उनीहरुलाई उच्च अदालत पाटनबाट म्याद थप गरी अनुसन्धान हुँदै आएकामा प्रहरीले अनुसन्धान थालेपछि आज काठमाडौँ जिल्ला अदालतबाट पहिलो पटक म्याद मिलान गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिए ।

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० ले अनुसन्धान थालेपछि आज एक सय किलो सुन तस्करी प्रकरणका आरोपीको म्याद मिलान गरिएको छ ।

राजस्व अनुसन्धान विभागको हिरासतमा रहँदा उनीहरुलाई उच्च अदालत पाटनबाट म्याद थप गरी अनुसन्धान हुँदै आएकामा प्रहरीले अनुसन्धान थालेपछि आज काठमाडौँ जिल्ला अदालतबाट पहिलो पटक म्याद मिलान गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिए ।

म्याद मिलानपछि आजै उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट सिआइबीलाई अनुमति प्राप्त भएको छ । “आज म्याद मिलान गरी आजै सात दिनको म्याद थप गरेर अनुसन्धानका लागि अनुमति प्राप्त भएको छ, अब अनुसन्धान टोलीले मिसिल अध्ययन गर्दै थप अनुसन्धानको काम अघि बढाउने छ”, प्रवक्ता कडायतले भने। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर सुन तस्करी प्रकरणको अनुसन्धान गर्न टोली गठन गरेको छ ।

आइतबार राजस्व अनुसन्धानबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सिआइबीले आजदेखि अनुसन्धान थालेको हो । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि अनुसन्धान गर्ने जिम्मा सिआइबीले लिएको हो । राजस्व अनुसन्धान विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’ मा हालेर ल्याइएको अन्दाजी सय किलो सुन बरामद गरेको थियो । उक्त सुनको परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ ।

(sweet-factory)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीलाई भेट्दा दाहाल खुसीले गदगद…
राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीलाई भेट्दा दाहाल खुसीले गदगद…
मतदान सुरु भएको साढे चार घण्टामा ३३ प्रतिशत मतदान
मतदान सुरु भएको साढे चार घण्टामा ३३ प्रतिशत मतदान
चितवन- २ मा रवि लामिछाने तेस्रो स्थानमा
चितवन- २ मा रवि लामिछाने तेस्रो स्थानमा
पश्चिम बंगाल सरकारद्धारा दार्जिलिङमा नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध
पश्चिम बंगाल सरकारद्धारा दार्जिलिङमा नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध
राष्ट्रिय अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड
राष्ट्रिय अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड
दिसा–पिसाबले च्यापे कहाँ जाने ? सार्वजानिक शौचालय छैन’
दिसा–पिसाबले च्यापे कहाँ जाने ? सार्वजानिक शौचालय छैन’
आईजी खनाल र गृहसचिव राईलाई देखाईदिन्छु भन्दै एसएसपी पोखरेल हिँडेपछि..
आईजी खनाल र गृहसचिव राईलाई देखाईदिन्छु भन्दै एसएसपी पोखरेल हिँडेपछि..
हामीले चुनाव जित्ने वितिक्कै खानेपानीको समस्या हल गर्न तिर लाग्छौं:खत्री
हामीले चुनाव जित्ने वितिक्कै खानेपानीको समस्या हल गर्न तिर लाग्छौं:खत्री
चरम गुटबन्दीका कारण नेकपा एकता प्रक्रिया अन्योलमा
चरम गुटबन्दीका कारण नेकपा एकता प्रक्रिया अन्योलमा
टंकप्रसाद प्रतिष्ठानको अध्यक्षमा पुनः रिमाल, महासचिवमा डा.आचार्य
टंकप्रसाद प्रतिष्ठानको अध्यक्षमा पुनः रिमाल, महासचिवमा डा.आचार्य

तपाईंले छुटाउनुभयो कि?