मोटरसाईकल चोरीमा संलग्न दुई पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २०, २०७७
|
|
३५ पटक हेरिएको
Shares
मोटरसाईकल चोरीमा संलग्न दुई पक्राउ

सारांश

  • मोटरसाईकल चोरीमा संलग्न २ जना अभियुक्त पक्राउ परेका छन् ।
  • मोटरसाईकल चोरीमा संलग्न रहेको आभियोगमा २ जनालाई इनरुवा नगरपालिका–२ स्थित सडकबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेहरूमा गढी गाँउपालिका–१ बस्ने २० वर्षीय महमद सुभान र १९ वर्षीय महमद असफर रहेका छन् ।

मोटरसाईकल चोरीमा संलग्न २ जना अभियुक्त पक्राउ परेका छन् । मोटरसाईकल चोरीमा संलग्न रहेको आभियोगमा २ जनालाई इनरुवा नगरपालिका–२ स्थित सडकबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा गढी गाँउपालिका–१ बस्ने २० वर्षीय महमद सुभान र १९ वर्षीय महमद असफर रहेका छन् । उनीहरूले इनरुवा १ शान्ति चोकमा पार्किङ गरी राखेको रामधुनी नगरपालिका–७ बस्ने कुल बहादुर बस्नेतको नाममा दर्ता भएको को.१४ प ९० नम्वरको मोटरसाईकल चोरी गरी लैजाँदै गर्दा इनरुवा नगरपालिका–२ नजिक सार्वजिक बाटोमा गाईलाई ठक्कर दिई दुर्घटना भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले मोटरसाईकल सहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?