ब्याडमिन्टन एसिया क्षेत्रीय प्रतियोगिता हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३२, २०८०
|
|
४२ पटक हेरिएको
Shares
ब्याडमिन्टन एसिया क्षेत्रीय प्रतियोगिता हुने

सारांश

  • काठमाडौँ ।
  • ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन सङ्घको तत्वावधानमा ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसीप भोलिदेखि हुने भएको छ ।
  • अल्पविकसित राष्ट्रहरूमा ब्याडमिन्टन खेलको विकास र विस्तार गर्ने उद्देश्यले ब्याडमिन्टन एसियाले सञ्चालन गर्ने उक्त प्रतियोगितामा यु–१५ र यु–१७ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ ।

काठमाडौँ । ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन सङ्घको तत्वावधानमा ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसीप भोलिदेखि हुने भएको छ ।

अल्पविकसित राष्ट्रहरूमा ब्याडमिन्टन खेलको विकास र विस्तार गर्ने उद्देश्यले ब्याडमिन्टन एसियाले सञ्चालन गर्ने उक्त प्रतियोगितामा यु–१५ र यु–१७ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । यसमा छात्र एकल, छात्रा एकल, छात्र युगल, छात्रा युगल र मिक्स गरी पाँच–पाँच विधामा प्रतिस्पर्धा हुनेछ ।

भदौ ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता नेपाल एपिएफको हलचोकस्थित कभर्डहलमा हुनेछ । प्रतियोगितामा नेपालसहित भुटान, श्रीलङ्का, बङ्गलादेश, मालदिभ्स र पाकिस्तान गरी छ राष्ट्रका करिब ५२ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

छात्र तथा छात्रातर्फ समान २६–२६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक राष्ट्रबाट आठ–आठ खेलाडी तथा नेपालबाट १६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आयोजकको हैसियतले नेपाली खेलाडीले एक विधामा तीन खेलाडीले स्पर्धा गर्न पाउनेछन् भने अन्य राष्ट्रबाट दुई खेलाडीले स्पर्धा गर्न पाउनेछन् ।

ब्याडमिन्टन एसियाका विकास व्यवस्थापक थानाबालन अरिकृष्णनले एसियामा ब्याडमिन्टनको विकास र विस्तार गर्न के–कस्ता कार्यक्रम हुनुपर्ने भन्ने छलफल र महिलालाई ब्याडमिन्टनमा आकर्षण गर्ने कार्यक्रम तर्जुमा गर्नका लागि यस किसिमको प्रतियोगिताको आयोजना गर्न लागिएको बताए ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं महानगरको २२ वटा वडाको मतगणना सम्पन्नः कांग्रेस १४, एमाले ८ वटामा विजयी
काठमाडौं महानगरको २२ वटा वडाको मतगणना सम्पन्नः कांग्रेस १४, एमाले ८ वटामा विजयी
हवाई क्षेत्रमा सरकारले गरेका उल्लेखनीय पहल !
हवाई क्षेत्रमा सरकारले गरेका उल्लेखनीय पहल !
नायिका रेखा थापाले पनि छाडिन् राप्रपा, राणाको पार्टीमा प्रवेश
नायिका रेखा थापाले पनि छाडिन् राप्रपा, राणाको पार्टीमा प्रवेश
वर्षान्त २०२३ :  विश्व अर्थतन्त्र थलिएको वर्ष
वर्षान्त २०२३ : विश्व अर्थतन्त्र थलिएको वर्ष
काँग्रेस संसदीय दलको नेता निर्वाचनका लागि मतदाता नामावली प्रकाशन
काँग्रेस संसदीय दलको नेता निर्वाचनका लागि मतदाता नामावली प्रकाशन
एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत
एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत
लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल
लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल
प्रदेश नम्बर २ को स्थानीय तह चुनावका लागि आजदेखि आचरसंहिता लागु
प्रदेश नम्बर २ को स्थानीय तह चुनावका लागि आजदेखि आचरसंहिता लागु
प्रकृतिविरुद्ध सुरक्षाको पूर्वतयारी: शक्तिशाली टाइफुन ‘नाउल’ चीनमा ठोक्किएपछि सात लाख नागरिक सुरक्षित स्थानमा सारिए, हवाई र रेल सेवा ठप्प
प्रकृतिविरुद्ध सुरक्षाको पूर्वतयारी: शक्तिशाली टाइफुन ‘नाउल’ चीनमा ठोक्किएपछि सात लाख नागरिक सुरक्षित स्थानमा सारिए, हवाई र रेल सेवा ठप्प
मुखमा कपडा कोचेर, गहगहना लुटियो
मुखमा कपडा कोचेर, गहगहना लुटियो