प्रदेश नम्बर २ को स्थानीय तह चुनावका लागि आजदेखि आचरसंहिता लागु
सारांश
- काठमाडौं, भदौ १ – प्रदेश नम्बर २ को स्थानीय तहको चुनावका लागि बिहीबारदेखि निर्वाचन आचारसंहिता लागु भएको छ ।
- निर्वाचन आयोगले तेस्रो चरणमा आउँदो असोज २ गते प्रदेश नम्बर २ का ८ जिल्लामा हुने स्थानीय तहको चुनावका लागि आचारसंहिता लागु गरेको हो ।
- स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त रुपमा चुनाव सम्पन्न गर्न निर्वाचन ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गर्दै निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ अनुसार निर्वाचन आचारसंहिता लागु गरेको आयोगले जनाएको छ ।
काठमाडौं, भदौ १ – प्रदेश नम्बर २ को स्थानीय तहको चुनावका लागि बिहीबारदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले तेस्रो चरणमा आउँदो असोज २ गते प्रदेश नम्बर २ का ८ जिल्लामा हुने स्थानीय तहको चुनावका लागि आचारसंहिता लागु गरेको हो ।
स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त रुपमा चुनाव सम्पन्न गर्न निर्वाचन ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गर्दै निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ अनुसार निर्वाचन आचारसंहिता लागु गरेको आयोगले जनाएको छ ।
आयोगका अनुसार मन्त्री, स्थानीय तह, स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थानका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी, चुनावको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा भातृ संगठन, संचार माध्यम र सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आचारसंहिता लागु भएको छ ।
उनीहरुले चुनावलाई असर पर्ने खालका गतिविधि गरे कारबाही हुनेछ । उम्मेदवारलाई भने मनोनयन दर्ता भएको दिन भदौ २१ गतेदेखि आचारसंहिता लागु हुने आयोगले जनाएको छ ।
प्रतिक्रिया