यसकारण बन्द भए भद्रगोल,जिरे खुर्सानी र मेरी बास्सै

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
४६ पटक हेरिएको
Shares
यसकारण बन्द भए भद्रगोल,जिरे खुर्सानी र  मेरी बास्सै

सारांश

  • काठमाडाै, १६ साउन ।
  • नेपाल टेलिभिजनबाट हरेक रात ८ बजेको समाचारपछि प्रशारण हुने गरेका मनोरञ्जनात्मक टेलिसिरियलहरु केही हप्तादेखि दर्शकले हेर्न पाएका छैनन् ।
  • कार्यक्रम उत्पादक मिडिया हबको नेपाल टेलिभिजनसँग सम्झौता अवधि सकिएकाले ती सबै सिरियल बन्द भएका हुन् ।

काठमाडाै, १६ साउन । नेपाल टेलिभिजनबाट हरेक रात ८ बजेको समाचारपछि प्रशारण हुने गरेका मनोरञ्जनात्मक टेलिसिरियलहरु केही हप्तादेखि दर्शकले हेर्न पाएका छैनन् । कार्यक्रम उत्पादक मिडिया हबको नेपाल टेलिभिजनसँग सम्झौता अवधि सकिएकाले ती सबै सिरियल बन्द भएका हुन् ।
मिडिया हबले हास्य टेलिश्रृंखला भद्रगोल (शुक्रबार), जिरे खुर्सानी (बिहिबार) मेरी बास्सै (मंगलबार) र ब्रेक फेल (सोमबार) तथा पारिवारिक टेलिश्रृंखला परिचय (आइतबार) उत्पादन गरेर प्रशारण गर्दै आएको थियो ।

ती सिरियल प्रशारणका लागि नेपाल टेलिभिजनसँग तीन वर्षका लागि गरेको सम्झौता एक्सपायर्ड भएको मिडिया हबका सञ्चालक सोम धितालले बताए । राति साढे आठ बजेदेखि ४० मिनेट ती सिरियल प्रशारण हुन्थे । टेलिभिजनका लागि ‘पिक’ मानिने यो समयमा अहिले एनटीभीले ‘फिलर’ हालिरहेको छ । यो समय खरिद गर्नका लागि एनटीभीले हालै नयाँ टेन्डर आह्वान गरेको छ । मिडिया हब फेरि पनि उक्त समय खरिद गर्न तयार छ, तर मूल्य घटाउनुपर्ने उसको शर्त छ ।
‘पहिलेको मूल्यमा हामीले धान्न सकेनौं, त्यसैले मूल्य घटाएर फेरी टेन्डर निकाल्न आग्रह गरेका छौं,’ धितालले अनलाइनखबरसँग भने । मिडिया हबले १९ वर्षदेखि एनटिभीसँग समय किनेर सिरियल प्रशारण गर्न थालेको हो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kumar Bahadur Basnet

    अहिले केगरेर दिनबिताउनु भाछत

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘बैशाखी उठाए पनि मान्छे चाहीँ नमारेस है’
‘बैशाखी उठाए पनि मान्छे चाहीँ नमारेस है’
१२ वर्ष खर्चेर बनेको पुल भाँसिएपछि…….
१२ वर्ष खर्चेर बनेको पुल भाँसिएपछि…….
एमालेले माओवादीलाई माइनस गर्न खोजेको हो ? यसो भन्छन माधव नेपाल
एमालेले माओवादीलाई माइनस गर्न खोजेको हो ? यसो भन्छन माधव नेपाल
ओलीले प्रचण्डबारे भने; हिजो जङ्गल बस्नुभएको थिएन, जेलवाला तेलले जुल्फी कोरेर दिल्ली बस्नुभयो
प्रकाशको स्मृतिमा बिहीबार शोकसभा, काजक्रिया नहुने
प्रकाशको स्मृतिमा बिहीबार शोकसभा, काजक्रिया नहुने
मन्त्री यादवको जेल पठाउने चेतावनीपछि उधारो तिर्न तयार भए उद्योगी
मन्त्री यादवको जेल पठाउने चेतावनीपछि उधारो तिर्न तयार भए उद्योगी
रुपन्देहीमा १६१ जनामा डेंगु देखियो, जनस्वास्थ्यद्वारा २ दिने डेंगु नियन्त्रण अभियान
रुपन्देहीमा १६१ जनामा डेंगु देखियो, जनस्वास्थ्यद्वारा २ दिने डेंगु नियन्त्रण अभियान
संखुवासभामा मतदान केन्द्र नजिकै बम विस्फोट
संखुवासभामा मतदान केन्द्र नजिकै बम विस्फोट
कस्तो छ पशुपति प्रसाद २ भष्मे डन ? दर्शक भन्छन्- रुने पनि हाँस्ने पनि एकैपटक भयो
कस्तो छ पशुपति प्रसाद २ भष्मे डन ? दर्शक भन्छन्- रुने पनि हाँस्ने पनि एकैपटक भयो
शुक्रबार काठमाडौँमा कति कोरोना संक्रमित थपिए ?