नेप्से परिसूचकमा १९ दशमलव ४२ अङ्कको गिरावट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २६, २०८०
|
|
४७ पटक हेरिएको
Shares
नेप्से परिसूचकमा १९ दशमलव ४२ अङ्कको गिरावट

सारांश

  • काठमाडौँ ।
  • सोमबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ ।
  • आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ४२ अङ्कको विन्दुमा कायम भएको हो ।

काठमाडौँ । सोमबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ४२ अङ्कको विन्दुमा कायम भएको हो ।

आज दुई सय ७६ कम्पनीका ३९ लाख १६ हजार एक सय ६१ कित्ता शेयर २६ हजार तीन सय दुई पटक खरिदबिक्री हुँदा रु एक अर्ब १३ करोड ५० लाख ५७ हजार पाँच सय १५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ९८ प्रतिशत र वित्त समूहको उपसूचक एक दशमलव ९२ प्रतिशतले घटेको छ । बैंकिङ समूह शून्य दशमलव ४३, विकास बैंक एक दशमलव ४४, जलविद्युत् एक दशमलव ५६, लगानी एक दशमलव ३१ र जीवन बीमा समूह शून्य दशमलव ९९ प्रतिशतले घटेको छ ।

त्यसैगरी, उत्पादन तथा प्रशोधन एक दशमलव ०८, लघुवित्त एक दशमलव ४०, निर्जीवन बीमा एक दशमलव ४०, व्यापार शून्य दशमलव ७८ र अन्य समूहको उपसूचक शून्य दशमलव २४ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको शेयर मूल्य आज नौ दशमलव ९९ प्रतिशतले बढेको छ । थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंक लिमिटेडको रु सात करोड ५६ लाख १८ हजार नौ सय २० बराबरको दुई लाख २४ हजार नौ सय ४४ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्त प्रकरण: अनुन्धान गर्ने प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण
निर्मला पन्त प्रकरण: अनुन्धान गर्ने प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण
राउतसंग सरकारले गरेको सम्झौता माअोवादीसंगको शान्ति सम्झौता पछिको दोस्रो उपलब्धि -पुर्बमन्त्रि बस्नेत
राउतसंग सरकारले गरेको सम्झौता माअोवादीसंगको शान्ति सम्झौता पछिको दोस्रो उपलब्धि -पुर्बमन्त्रि बस्नेत
गोंगबु हत्या प्रकरणकी अभियुक्त कल्पनाको ‘धेरै पुरुषसँगको सम्बन्ध’, अहिलेसम्म तीन विवाह
गोंगबु हत्या प्रकरणकी अभियुक्त कल्पनाको ‘धेरै पुरुषसँगको सम्बन्ध’, अहिलेसम्म तीन विवाह
जिल्ला शिक्षा अधिकारीको बदमासीः आचारसंहिता लत्याउँदै धमाधम सरुवा
जिल्ला शिक्षा अधिकारीको बदमासीः आचारसंहिता लत्याउँदै धमाधम सरुवा
चक्रपथको बाँकी खण्ड निर्माणमा चीन सरकार उत्सुक
चक्रपथको बाँकी खण्ड निर्माणमा चीन सरकार उत्सुक
डा. गोविन्द केसीलाई पक्रन आदेश दिने प्रधानन्यायाधिसको नागरिकता सच्याएको सम्बन्धी छानविन कसले गर्ने ?
डा. गोविन्द केसीलाई पक्रन आदेश दिने प्रधानन्यायाधिसको नागरिकता सच्याएको सम्बन्धी छानविन कसले गर्ने ?
चीनकाे सहयाेगमा बन्ने एेतिहासिक दरबार हाइस्कुल !
चीनकाे सहयाेगमा बन्ने एेतिहासिक दरबार हाइस्कुल !
लालाबाला च्याँपेर घर फर्किनेको घुइँचो
लालाबाला च्याँपेर घर फर्किनेको घुइँचो
प्रम ओली र प्रचण्ड बीच किन चर्काचर्की ?
प्रम ओली र प्रचण्ड बीच किन चर्काचर्की ?
‘गलत कामलाई खबरदारी गर्नुपर्छ’
‘गलत कामलाई खबरदारी गर्नुपर्छ’