निर्मला पन्त प्रकरण: अनुन्धान गर्ने प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
२७ पटक हेरिएको
Shares
निर्मला पन्त प्रकरण: अनुन्धान गर्ने प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण

सारांश

  • काठमाडौँ, ७ असोज ।
  • कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण गरिएको छ ।
  • तत्कालीन डिआइजी (अहिले एआइजी) धिरु बस्न्यात नेतृत्वको छानबिन समितिले घटनाको अनुन्धान गर्ने प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण गरेको हो ।

काठमाडौँ, ७ असोज । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण गरिएको छ । तत्कालीन डिआइजी (अहिले एआइजी) धिरु बस्न्यात नेतृत्वको छानबिन समितिले घटनाको अनुन्धान गर्ने प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण गरेको हो । पोलिग्राफ परीक्षण झुट बोलेको पत्ता लगाउने प्रविधि हो।
समितिले निर्मला हत्याको घटनास्थलमा खटिएर अनुसन्धान गर्ने तथा निर्मलाले लगाएको कपडा पखाल्ने प्रहरी कर्मचारीको पोलिग्राफ परीक्षण गर्ने काम भइरहेको छ ।

स्रोतका अनुसार फिल्डमा खटिएका प्रहरीको परीक्षण सकिएको छ भने तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टलगायतको पनि पोलिग्राफ परीक्षण हुँदैछ । घटनाको अनुसन्धानमा खटिएका प्रहरीबारे अन्य अनुसन्धान जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीले मुख्य अभियुक्त भनी दाबी गरेका दिलिपसिंह बिष्टको डिएनए रिपोर्टपछि प्रहरी प्रधान कार्यालयले समितिको आकार ठूलो बनाएर एआइजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको थियो । सुरूमा घटनाको अनुसन्धान गर्न एसएसपी उत्तम सुवेदीको नेतृत्वमा ५ सदस्यीय समिति बनेको थियो । गृहमन्त्रालयले घटनाको अनुसन्धान गर्न साउन १४ गते गएको सिआइबीको टोलीका तीनसहित पाँच प्रहरी अधिकारीलाई निलम्बन गरेको थियो ।

सरकारले अनुसन्धान विवादस्पद बन्दै गएपछि भदौ ७ मा छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो । समितिको प्रतिवेदनका आधारमा गृहले घटनाको अनुसन्धान जिम्मेवारपूर्वक गर्न नसकेका डिएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, इन्स्पेक्टर, जगदीश भट्ट, एकेन्द्र खड्का र सई रामसिंह धामीलाई निलम्बन गरेको हो । अहिले कञ्चनपुरमा एसपी दुर्गा सिंह नेतृत्वको महिला प्रहरीकाेटोलीले पनि घटनाको सुक्ष्म अध्ययन, अनुसन्धान गरिरहेको छ ।

गएको साउन १० गते हराएकी निर्मला ११ गते बलात्कार गरि हत्या गरिएको अवस्थामा उखुबारीमा फेला परेकी थिइन् । घटना भएको झण्डै २ महिना पुग्न लाग्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?