प्रादेशिक संरचना सुदृढ भए सङ्घीयता बलियो हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०८०
|
|
५८ पटक हेरिएको
Shares
प्रादेशिक संरचना सुदृढ भए सङ्घीयता बलियो हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

सारांश

  • मनहरी  ।
  • बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रादेशिक संरचना सुदृढ नभएसम्म सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था बलियो हुन नसक्ने बताएका छन् ।
  • संविधान दिवस २०८० को अवसरमा आज बिहान हेटौँडा-६ स्थित चित्रेपानी सामुदायिक वन वृक्षरोपण गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रादेशिक संरचनालाई जति छिटो सुदृढ र संस्थागत गर्न सकिन्छ त्यति छिटो संविधानको मर्म बमोजिम समाजवादको लक्ष्यमा पुग्न सकिने बताए ।

मनहरी  । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रादेशिक संरचना सुदृढ नभएसम्म सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था बलियो हुन नसक्ने बताएका छन् ।

संविधान दिवस २०८० को अवसरमा आज बिहान हेटौँडा-६ स्थित चित्रेपानी सामुदायिक वन वृक्षरोपण गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रादेशिक संरचनालाई जति छिटो सुदृढ र संस्थागत गर्न सकिन्छ त्यति छिटो संविधानको मर्म बमोजिम समाजवादको लक्ष्यमा पुग्न सकिने बताए ।

उनले स्थानीय तहको संरचना पुरानो भए पनि प्रादेशिक संरचना नयाँ भएको यही सङ्घीयताको खम्बा रहेको बताए । मुख्यमन्त्री जम्कट्टेलले संविधानसभाबाट बनेको संविधान जनताकै रक्षाका लागि भएको भन्दै संविधानको मर्मअनुसार प्रदेश सरकार काम गरिरहेको बताए ।

संविधानले प्रदेशलाई दिएका एकल अधिकारका विषयमा धेरैजसो कानुन निर्माण भए पनि सङ्घ र प्रदेश, प्रदेश र स्थानीय तह, सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकारको सूचिमा रहेका कतिपय कानुन निर्माण हुन बाँकी रहेको उनको भनाइ छ । उनले सङ्घीय कानुन बन्न ढिलाइ हुँदा ती विषयले मूर्तरुप लिन नसकिरहेको धारणा राखे।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्ने राजनीतिक दस्तावेजका रुपमा रहेको संविधान कार्यान्वयनका लागि तीन वटै तहका सरकार क्रियाशील हुनुपर्नेमा जोड दिए । नेपाललाई सङ्घीय संरचनामा लैजाने सङ्घीयताको मुटुका रुपमा रहेका प्रदेशहरु संविधानले दिएका अधिकार बमोजिम कानुन निर्माण गरी कार्यान्वयनसमेत गरिरहेको उनको भनाइ छ ।

बागमती प्रदेश सरकारले आजदेखि तीन दिनसम्म संविधान दिवस मनाउँदै छ । असोज ३ गते संविधान दिवसलाई भव्यरुपमा मनाउन सोमबारदेखिनै विभिन्न कार्यक्रम भइरहेका छन् । जिल्ला वन कार्यालय मकवानपुरद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, जिल्ला वन कार्यालय मकवानपुरका प्रमख शिव सापकोटा, हेटौँडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, प्रदेशसभा सदस्य एकलाल श्रेष्ठलगायतले संविधान दिवसका बारेमा चर्चा गर्दै वृक्षरोपण गरेर गाँउ र सहर हराभरा बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए ।

संविधान दिवसका अवसरमा आज बिहानै हेटौँडामा पाँच किमी दौड प्रतियोगिता सम्पन्न भएको छ । खेलको उदघाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण रहेकोमा जोड दिए । सो अवसरमा प्रतियोगितामा सहभागी खेलाडीलाई उनले शुभकामना दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गठ्ठाघर दुर्घटना : स्थिति तनावग्रस्त, सम्यमता अपनाउन सिडिओको आग्रह
गठ्ठाघर दुर्घटना : स्थिति तनावग्रस्त, सम्यमता अपनाउन सिडिओको आग्रह
सरकारले तोक्यो उखुको खरिद मूल्य, किसानले प्रतिक्वीन्टल ६३५ रुपैयाँ पाउने
सरकारले तोक्यो उखुको खरिद मूल्य, किसानले प्रतिक्वीन्टल ६३५ रुपैयाँ पाउने
सुरक्षित गर्भपतनबारे समाचारलाई प्राथमिकता दिन रुओनको आग्रह
सुरक्षित गर्भपतनबारे समाचारलाई प्राथमिकता दिन रुओनको आग्रह
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
नेपाल पत्रकार महासङ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत ध्यानाकर्षण पत्र
नेपाल पत्रकार महासङ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत ध्यानाकर्षण पत्र
नेपाली नागरिकसँग समलिंगी विवाह गर्ने विदेशीलाई गैर पर्यटकीय भिसा दिन सर्वोच्चको आदेश
नेपाली नागरिकसँग समलिंगी विवाह गर्ने विदेशीलाई गैर पर्यटकीय भिसा दिन सर्वोच्चको आदेश
कात्तिक २३ गते आइतवारको राशिफल यस्तो छ
कात्तिक २३ गते आइतवारको राशिफल यस्तो छ
क्यान्सर सेन्टर स्थापना गर्न जुटे युवा चिकित्सक
क्यान्सर सेन्टर स्थापना गर्न जुटे युवा चिकित्सक
स्वास्थ्यमन्त्री गगन थापाको विदाई सम्बोधनमा श्रीमती अञ्जनाका आँसु ..
स्वास्थ्यमन्त्री गगन थापाको विदाई सम्बोधनमा श्रीमती अञ्जनाका आँसु ..
इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक
इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक