चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०८०
|
|
३४ पटक हेरिएको
Shares
चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर

सारांश

  • काठमाडौं।
  • चाडपर्व लक्षित विशेष सुरक्षा योाजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ।
  • नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले नजिकिँदो चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रबन्धसहित सुरक्षा योजना तयार पारी लागू गर्न सर्कुलर जारी गरेको जानकारी दिए।

काठमाडौं। चाडपर्व लक्षित विशेष सुरक्षा योाजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले नजिकिँदो चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रबन्धसहित सुरक्षा योजना तयार पारी लागू गर्न सर्कुलर जारी गरेको जानकारी दिए। उनका अनुसार चाडपर्वमा घटना, दुर्घटना तथा आपराधिक गतिविधि रोक्ने गरी सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त पार्ने गरी सुरक्षा योजना बनाएर लागू गर्न भनिएको छ।

विशेष सुरक्षा योजना लागू भएपछि साविकभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिन्छ भने सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करीलगायत आपराधिक क्रियाकलापहरू रोक्न लागि प्रहरीलाई चुस्त रूपमा परिचालन गर्ने गरिन्छ।

प्रवक्ता कडायतले केन्द्रीय सुरक्षा योजनासहित युनिटहरूले समेत आ-आफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी अब छिट्टै लागू गर्ने पनि बताए। उनले यो समयमा रिजर्भमा रहेको फोर्सलाई समेत परिचालन गरी साविकभन्दा सुरक्षाकर्मीका सङ्ख्या बढाइने बताए। चाडबाडलाई सुरक्षित र शान्तिपूर्ण बनाउन प्रहरी अहोरात्र खटिने पनि उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस- राष्ट्रपति, प्रधानमन्त्रीले दिए शुभकामना
आज १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस- राष्ट्रपति, प्रधानमन्त्रीले दिए शुभकामना
ओली र प्रचण्डबीच प्रदेशको मन्त्रिमण्डलमा भागवण्डाको यस्तो भयो सहमति
ओली र प्रचण्डबीच प्रदेशको मन्त्रिमण्डलमा भागवण्डाको यस्तो भयो सहमति
राप्रपा अधिवेशनः ७१ जिल्लाको नतिजा आयो, कहाँ को विजयी ?
राप्रपा अधिवेशनः ७१ जिल्लाको नतिजा आयो, कहाँ को विजयी ?
पिकनिक खाएर फर्कदा ट्याक्टर दुर्घटनामा २ को मृत्यु, ८ घाइते
पिकनिक खाएर फर्कदा ट्याक्टर दुर्घटनामा २ को मृत्यु, ८ घाइते
गोरखाका भूकम्पपीडितलाई चुनावी रौनकले छोएन
गोरखाका भूकम्पपीडितलाई चुनावी रौनकले छोएन
राजेश हमाल एमाले प्रवेश गरेर प्रधानमन्त्री बन्ने दाउमा
राजेश हमाल एमाले प्रवेश गरेर प्रधानमन्त्री बन्ने दाउमा
ललितपुर ३ मा रोचक प्रतिस्पर्धा, पम्फा मदनभन्दा २३ मतले अगाडि
ललितपुर ३ मा रोचक प्रतिस्पर्धा, पम्फा मदनभन्दा २३ मतले अगाडि
क्यालिफोर्नियामा अर्को विमान दुर्घटना! उडान भर्ने क्रममा यात्रुवाहक विमानमा आगो लाग्यो
क्यालिफोर्नियामा अर्को विमान दुर्घटना! उडान भर्ने क्रममा यात्रुवाहक विमानमा आगो लाग्यो
लायन्स क्लबद्वारा १२० जनालाई व्यावसायिक तालीम
लायन्स क्लबद्वारा १२० जनालाई व्यावसायिक तालीम
कसरी गरिँदै छ मतपेटिकाको सुरक्षा ?
कसरी गरिँदै छ मतपेटिकाको सुरक्षा ?

तपाईंले छुटाउनुभयो कि?